यहाँ थिच्नुहोस

Wednesday, 29 March 2017

सरकारी अधिकारीकै सेटिङमा नेपाली चेली खाडीमा बेचिन बाध्य

सरकारी अधिकारीकै सेटिङमा नेपाली चेली खाडीमा बेचिन बाध्य

काठमाडौं । सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको खुलासा भएको छ। खाडी मुलुकमा नेपाली कामदारको समस्याबारे स्थलगत अध्ययन गर्न गएको व्यवस्थापिका संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले सरकारी अधिकारीकै सेटिङमा खाडी मुलुकमा नेपाली चेली बेचिन बाध्य भएको पाइएको जानकारी गराएको हो।

सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा ४ लाखसम्ममा बेचिन गरेको पाइएको खुलासा
समितिका सभापति प्रभु साह नेतृत्वको टोलीले साउदी अरव, कुवेत, कतार र यूएईको स्थलगत भ्रमण गरेको थियो। भ्रमण सकिएलगत्तै मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै समितिका सभापति साहले चारै वटा मुलुकमा नेपाली कामदारको अवस्था दयनीय भएको पाइएको बताए।

उनले सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा ४ लाखसम्ममा बेचिन गरेको पाइएको खुलासा गरे। सभापति साहले नेपाली कामदारहरु दोहोरो श्रम सम्झौताको मारमा पर्दा समेत त्यहाँस्थित नेपाली कूटनीतिक नियोगले कुनै पहल नगरेको भन्दै आपत्ति जनाए।

उनले नेपाली कूटनीतिक नियोग र विमानस्थलमा रहेको अध्यागमन विभागको लाचारीपनका कारण नेपाल मानव तस्करको ट्रान्जिट प्वाइन्ट बन्दै गएको स्थलगत अध्ययन भ्रमणको क्रममा खुल्न आएको जानकारी दिए। संसदीय टोलीले श्रम सम्झौंता अनुसारको काम तथा सेवा र सुविधा नदिएर नेपाली कामदारमाथि पीडा थप्ने काम पनि खाडी मुलुकहरुले गरेको उल्लेख गरे। 
कूटनीतिक नियोग र विमानस्थलमा रहेको अध्यागमन विभागको लाचारीपनका कारण नेपाल मानव तस्करको ट्रान्जिट प्वाइन्ट बन्दै
समितिले नेपाली म्यान पावर कम्पनीहरुले नेपाली कामदारलाई ठगी गरिरहेको पनि स्पष्ट पारेको छ। चार वटै मुुलुकमा विना शुल्क कामदार पठाउने व्यवस्था विपरित नेपाली कामदारहरुबाट म्यान पावर कम्पनीहरुले ठूलो रकम असुल गरेको पाइएको पनि सभापति साहले जानकारी दिए। उनले नेपाली कामदारहरुमाथि म्यान पावर कम्पनीहरुले ठूलो धनराशी असुल गरी ठगी गरेको भन्दै त्यहाँ भेटिएका कामदारहरुले आफ्नो पीडा ओकलेको सुनाए।

समितिले नेपाली महिला कामदारहरु खाडी मुलुकबाटै प्रतिबन्धित मुलुकहरु इरान, इराक, ओमान लगायतका मुलुकमा बेचिन गरेको पनि खुलासा गरेको छ। खाडी मुलुकमा रहेका नेपाली महिला कामदारहरु एक्जिट भिसाको अभावमा नेपाली दुतावासहरुमा शरण लिएर बस्न बाध्य भएको पनि समितिको स्थलगत भ्रमणको क्रममा पाइएको छ। उनीहरुमाथि शारीरिक शोषण समेत हुने गरेको पाइएको समितिले जनाएको छ।
खाडी मुलुकमा गएका कामदारहरुमाथि चर्को शोषण हुने गरेको पाइएपछि समितिले धेरै कामदार रहेका चार वटा खाडी मुलुकहरुको स्थलगत भ्रमण गरी त्यहाँको अवस्थाबारे अध्ययन गरेको हो। समितिले खाडी मुलुकमा रहेका नेपाली कामदारको अवस्था बुझि उनीहरुको समस्या समाधान गर्न सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ ।

Sunday, 26 March 2017

न्युटनले पत्ता नलगाएको तर Suraj Bhirkhoire ले पत्तालगाएका केही कुरा हरु

न्युटनले पत्ता नलगाएको तर Suraj Bhirkhoire ले पत्तालगाएका केही कुरा हरु
=================================
 1. मानौ तपाई कुनै लाइन मा उभिनु भएको छ, तपाइँ अर्को लाइन छिटो बढेको ठानेर अर्को लाइन मा सर्नु हुन्छ !
 अब पहिला को लाइन तपाइँ उभिएको लाइन भन्दा छिटो सर्न थाल्छ !

2. -रंग नम्बर डायल हुदा कहिले नि व्यस्त हुदैन !

3. -नाककान त्यही बेला चिलाउछ, जब दुइटै हात खालि हुदैन !

4. -एउटा सिक्का वा कुनै स्क्रु खस्यो भने, त्यही ठाउँ मा गएर बस्छ, जहाँ बाट झिक्न अप्ठेरो हुन्छ !

5. -कुनै ठाउँ,पार्क, या सिनेमा घरमा, कुनै एक मानिस ले नदेखोस या नभेटोस भन्ने सोचिराखेका बेला,
 ठ्याक्कै त्यही मान्छे त्यही ठाउमा भेटिन्छ !

6. -कहिले काही कुनै समान घडी-मोबाइल-क्यामेरा बिग्रिन्छ, अनि कसैलाई देखाउन चाहिन्छ, ठिक त्यही बेला त्यो समान ठिक काम गर्न थाल्छ !

7. -सबै भन्दा मज्जा ले त्यही ठाउँ 'चिलाउँछ' जहाँ हात ले पुग्दैन ! हात लैजान मिल्दैन

8. -याद गर्नु भाको छ,
 सिनेमा हल जो ढिलो पुग्छ, त्यही मानिस अगाडी बसेको हुन्छ

9. -कुनै काम पुरा गर्ने सोच का साथ, चिया लिएर बसेका बखत हाकिम वा कुनै आफु भन्दा ठुलो मान्छे आएर यस्तो कुरो सोध्छ,
 जसलाई सम्झाउदा सम्झाउदै,
 हाम्रो चिया सेलाउछ !

10. - धेरै परिश्रम र मेहनत पछि एउटा 'अफर' स्वीकारि सके पछी, त्यो भन्दा नि राम्रो अर्को 'अफर' भेटिन्छ !!

Sunday, 19 March 2017

उहाँले मलाई तानेर कोठा भित्र लानुभयो ।

काठमाडौं, ६ चैत । घरेलु कामदारका रूपमा काम गर्ने डोटी जेजोमाडौं–२ की १६ वर्षीया कल्पना शर्मा (नाम परिवर्तन) घरमालिकबाटै पटक–पटक बलात्कृत भएपछि न्यायका लागि प्रहरीको शरणमा पुगेकी छिन् । डडेल्धुरा स्थायी घर भएका लोकराज पाण्डेबाट उनी बलात्कृत भएकी हुन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

बानेश्वरस्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कल्पनाले पछिल्लोपटक २२ माघमा आफू पाण्डेबाट बलात्कृत भएको बताइन् । उनको उजुरीपछि महानगरीय प्रहरी वृत्त बानेश्वरले पाण्डेलाई पक्राउ गरेको छ ।

‘म पटक–पटक घरमालिकबाट बलात्कृत भएँ । पीडा सहन नसकेर प्रहरीमा उजुरी गरेँ,’ बालअधिकारवादी संस्था सिविस नेपालको शरणमा बसिरहेकी कल्पनाले भनिन् ।

पक्राउ परेका पाण्डे श्रीमती, एक छोरा र आमासहित काठमाडौं कारेश्वरमा बस्छन् । पीडित कल्पनाले दुई वर्षदेखि उनको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन्, त्यहीँ बस्थिन् । कल्पनाका अनुसार लोकराजले पछिल्लोपटक २२ माघको साँझ कोठामा कोही नभएको मौका छोपी उनलाई बलात्कार गरेका थिए । ‘साँझ परेको थियो । घरमा कोही पनि थिएनन् । म भान्छामा काम गर्दै थिएँ । उहाँले मलाई तानेर कोठामा लग्नुभयो र जबर्जस्ती गर्नुभयो । म चिच्याएँ । तर, सहयोग गर्न कोही आएनन्’, घटनाबारे उनले भनिन् ।

पढाएर विदेश पठाइदिने प्रलोभनमा लोकराजले उनलाई दुई वर्षअघि डोटीबाट ल्याएका थिए । काठमाडौंको सामुदायिक विद्यालयमा उनलाई भर्ना पनि गराए । बदलामा उनले कल्पनालाई पटक–पटक बलात्कार गरे । यसअघि पनि पटक–पटक बलात्कार भए पनि सहेरै बसेको उनले बताइन् । असह्य पीडा भएपछि उनले विद्यालयका साथीसँग पीडा पोखिन् । साथीमार्फत कुरा शिक्षकसम्म पुग्यो । शिक्षकको सहायताले उनी उजुरी दिन प्रहरी कार्यालय पुगिन् । उजुरी परेपछि प्रहरीले अभियुक्त पक्राउ ग-यो । तर, बुबा नै अभियुक्तलाई बचाउन लागेपछि न्याय पाउने मै उनी शशंकित छिन् ।

घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी नारायणप्रसाद चिमोरिया भने घटनाबारे खुल्न चाहेनन् । संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘उजुरी परेलगत्तै अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । यस सम्बन्धमा अहिले केही नबोलौ“ ।’

पीडितको बयान

म डोटी जेजोमाडौं–२ की हुँ । घरको सातवटी छोरीमध्ये म काइँली हुँ । घरको आर्थिक अवस्था निकै कमजोर छ । घरमा खान–लाउन पुग्दैन । पढाइदिने र विदेश पठाइदिने भनेपछि म दुई वर्षअघि लोकराज पाण्डेको आमासँग काठमाडौं आएँ । मैले घरमा खाना पकाउनेदेखि भाँडा माझ्ने सबै काम गर्नुपर्थ्यो । साउनीको आग्रहमा मलाई सरकारी विद्यालय भर्ना गरियो । साउनी त ठिकै थिइन् । तर, साउजी साह्रै खराब रहेछन् । उनले मलाई काठमाडौं आएको तीन महिनादेखि नै बलात्कार गर्न थाले । घरमा कोही नभएको मौकामा घर आएर बलात्कार गर्थे ।
ले साउनीलाई घटनाबारे बताउन खोजेँ, तर, सकिनँ । पढाइ बिग्रने मलाई ठूलो डर थियो । त्यही भएर पनि मैले साउनीलाई केही भनिनँ । तर, ममाथि दुव्र्यवहार बढ्दै गयो । अति नै भएपछि घटनाबारे मैले स्कुलका साथीलाई भनेँ । साथीले शिक्षकलाई भनेछन् । शिक्षकले मलाई प्रहरी कार्यालयमा उजुरी गर्न प्रेरित गरे । मैले उजुरी गरेँ । प्रहरीले दोषीलाई पक्राउ गर्यो‍ ।

म अब असुरक्षित भएँ । घरमा बुबालाई भनेँ । बुबा तुरुन्तै आउनुभयो । सुरुमा त बुबा मेरै पक्षमा हुनुहुन्थ्यो । तर, पछि उहाँ कसरी बदलिनुभयो, थाहा भएन । अहिले त उजुरी फिर्ता गर्नुप-यो भन्नुहुन्छ । म अहिले अरूकै शरणमा बसेकी छु । मलाई साह्रै पीडा छ । घरघरी त्यो घटना
दिमागमा आउँछ । त्यसलाई जसरी पनि कारबाही हुनुपर्छ भन्ने मेरो माग छ । तर, सहयोग गर्ने बुबा नै मुद्दा फिर्ता लिनुपर्छ भन्नुहुन्छ । अब म के गरु ?

Monday, 13 March 2017

महाकाली सम्झौता के हो? देउवाले भनेका थिए : ‘यो सन्धि भएकोमा म खुसी छु । मेरो प्रधानमन्त्रीत्वकालमा भारतसित यस्तो सन्धि भएकोमा म आफूलाई भाग्यशाली ठान्छु ।’

महाकाली सम्झौता के हो र नेपालको तर्फबाट कसले के भने, समय निकालेर पढ्नुस
===============================================

देउवाले भनेका थिए : ‘यो सन्धि भएकोमा म खुसी छु । मेरो प्रधानमन्त्रीत्वकालमा भारतसित यस्तो सन्धि भएकोमा म आफूलाई भाग्यशाली ठान्छु ।’

भारतसंग गरिएका कयौ असमान सन्धिमध्ये नेपालीहरुले कहिल्यै भुल्न नसक्ने असमान राष्ट्रघाति सन्धि हो महाकाली सन्धि । त्यही सन्धिले सधैका लागि गुम्यो महाकाली नदी । आफ्नै नदी भएर भारतको आदेश मान्नुपर्ने,नेपाली जनताको जमीन सिचाईको अभावमा वाझो हुनुपर्ने,महाकाली नदीकै पानीले निकालेको विजुली नेपाली जनताले किन्नुपर्ने बिडम्वना हामीसंग छ ।





नेपाली जनतालाई रंगीन सपना बाँडेर २०५३ असोज ४ गते शुक्रबार मध्यराति संसद्बाट अनुमोदन गरियो ‘महाकाली नदीको एकीकृत विकास सन्धि’ । यो सन्धि गर्न हाल संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएका संसद्वादी दल र तिनका बडे-बडे नेताहरू नै एकमत भएका थिए । हजारौं जनताले सडकमा उत्रेर विरोध गर्दा गर्दै पनि दर्जनौं जनताको हत्या गरेर र कयौंलाई घाइते बनाएर बलजङ्खत्ती गरिएको थियो त्यो सन्धि । सत्तारुढ दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा -एमाले)ले दिल खोलेर महाकाली विधिबवत रुपमा भारतलाई सुम्पीएका थिए त्यो दिन ।









हुन त एमालेले चाहेको भए त्यो सन्धिलाई असफल बनाउन सक्थ्यो तर चाहेन । बरु हरेकपटक त्यसको मुक्तकण्ठले स्वागत र र्समर्थन गर्‍यो । अनि एमालेका महासचिव माधवकुमार नेपाल र केन्दीय नेता केपी शर्मा ओली नै महाकाली सन्धि गरेपछि स्याटेलाइट प्रविधिबाट विदेशीलाई विजुली बेचेर नेपालमा वर्षेनी अर्बौं-खर्बौं वर्षाउन सकिन्छ भन्दै जनतामा झूटा आश्वासनहरू बाँड्नमा तल्लिन भए ।तर यसको जवाफ अहिलेसम्म उनीहरुले दिएका छैनन् ।








भारत र अमेरिकाबाट ‘ग्रिन सिग्नल’ आएपछि एमाले पनि नतमस्तक भएर महाकालीमा राष्ट्रघात गर्न पुग्यो । विज्ञहरूका अनुसार कांग्रेसको एकमना सरकारको पालामा टनकपुर लिइसकेको भारतले एमालेलाई पनि टनकपुरभित्र हाल्न टनकपुरलाई महाकालीकै प्याकेजमा हालेर ‘महाकाली प्याकेज’ ल्याएको थियो ।







सन्धिमा हस्ताक्षरअघि २०५२ माघ १२ गते तत्कालीन सभामुख रामचन्द्र पौडेलको संयोजनमा संसद् भवन सिंहदरबारमा कांग्रेस, एमाले र राप्रपाको बैठक बसी सन्धि पारित गर्ने सहमति भएको थियो । कांग्रेस–एमालेका शीर्षस्थ नेताहरूले त्यही आधारमा एक लिखित दस्तावेजमा हस्ताक्षर समेत गरेका थिए । यो बैठकमा माधवकुमार, झलनाथ, अमृतकुमार बोहोरा उपस्थित थिए ।







सन्धिमा परराष्ट्रमन्त्री स्तरमा हस्ताक्षर भएकै दिन एमाले केन्द्रीय कमिटीको २५ औं बैठक बसी एक विशेष प्रस्ताव पारित गर्दै सन्धि सम्पन्न भएकोमा स्वागत र समर्थन गरिएको थियो । वैठकमा पारित प्रस्तावमा प्रष्ट रुपमा भनिएको थियो–‘ ‘नेकपा (एमाले)को सरकार भएको बेलामा भारत सरकारसँग गरेको वार्ताको क्रममा समस्या समाधानको ठोस आधारहरू तयार पारेको र अहिले तिनै कुराका आधारमा औपचारिक सन्धि सम्पन्न भएकोले यो बैठक यस सन्धिलाई समर्थन गर्दछ ।’







परराष्ट्रमन्त्रीस्तरको सन्धिपछि प्रधानमन्त्री देउवा २०५२ माघ २९ गते भारत भ्रमण गए । देउवा तथा भारतीय प्रधानमन्त्री पी.भी.नरसिंह रावले माघ २९ गतेकै राति भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सन्धिका अंग्रेजी, हिन्दी र नेपाली भाषाका प्रामाणिक प्रतिमा हस्ताक्षर गरका थिए । त्यसपछि राजा वीरेन्द्रले २०५३ असार १२ गते बुधबारदेखि सुरु हुने गरी संसद्को दसौं अधिवेशन आव्हान गरेका थिए । असोज २६ गतेसम्म ७४ दिन चलेको त्यो अधिवेशनको बीचमा असोज ४ गते शुक्रबार राति उक्त सन्धि एमालेको समर्थन सहित अनुमोदन गरियो ।





सन्धिबारे एमाले

त्यो समयमा महाकाली हडप्न भारतीय विदेश मामिलामन्त्री प्रणव मुखर्जी पटक– पटक नेपाल आउने जाने गर्थे । राजदूत केबी राजन त सन्धि पारित गराउन कयौपटक कांग्रेस(एमालेकहाँ धाउँथे । उनी सबैभन्दा बढी एमालेकहाँ पुग्थे । किनकि यो सन्धि पास गराउन एमालेलाई नै मनाउनु ठुलो कुरा थियो । सत्तारुढ अरू दल त त्यसै पनि राजी थिए । त्यसैले राजन माधव,केपी ओली लगायतका नेताहरूलाई घरीघरी भेट्थे । अन्ततः एमाले राजी भएको थियो । एमाले र भारतीय दूतावासबीच सन्धि गराउनुअघि चिठीपत्र आदान(प्रदान भइरहन्थ्यो । राजनको चिठी आएपछि नै एमालेको केन्द्रीय कमिटीले त्यही चिठीलाई भारत सरकारको प्रतिबद्धता मानी महाकाली सन्धि अनुमोदन गर्ने निर्णय गर्दै संसदीय ह्वीप जारी गरेको थियो ।







२०५३ साउन ३२ गते शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले सन्धिको पक्ष वा विपक्षमा कुनै पनि टिप्पणी वा विचार व्यक्त नगर्न पार्टी नेताहरू एवं सांसदहरूलाई निर्देशन जारी गरेको थियो ।






यद्यपि एमालेले पहिले हस्ताक्षर भएको सन्धिको स्वागत र र्समर्थन गरिसकेको भए पनि सन्धि अनुमोदन गर्नेबारे पार्टीभित्र मत बाझिएपछि झारो टार्नका लागि २६ औं पू्र्ण बैठक बसी ओलीको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको थियो । उक्त कार्यदलको प्रतिवेदन आउनु अघिसम्म सन्धिबारे कसैलाई केही नबोल्न साउन ३२ गतेको बैठकले नै हृवीप जारी गरेको थियो ।







ओली कार्यदलले २०५३ भदौ, १४ गते सन्धिबारे अध्ययन पूरा गरी केही दिनभित्र पार्टीलाई प्रतिवेदन बुझायो । उक्त कार्यदलले सन्धि सकारात्मक छ भनी प्रतिवेदन पेश गरेपछि एमालेलाई सन्धि अनुमोदन विधिवत रुपमा बाटो सहज बन्यो ।








२०५३ भदौ १७ गते आयोजित पत्रकार सम्मेलनमा जारी वक्तव्यमा ओली प्रतिवेदनको प्रारम्भिक आधारमा एमालेले सन्धिको पुन : स्वागत र समर्थन गर्दै संसद्को दुइतिहाइ बहुमतबाट अनुमोदन गर्न योग्य छ भनी उल्लेख गर्र्यो भने भदौ १९ देखि २४ गतेसम्म बसेको उसको केन्द्रीय कमिटीको २८ औं बैठकले ओली प्रतिवेदनलाई पारित गर्याे । उक्त बैठकमा अध्यक्ष मनमोहन अधिकारी, स्थायी कमिटीका सदस्य तुल्सीलाल अमात्य र देवराज घिमिरेबाहेक सबै उपस्थित थिए ।






कसले के भने ?

त्यसो त अहिले पछिल्लो १ वर्षमा नेकपा एमालेले आफुलाई लालमोहर लागेको राष्ट्रवादीका रुपमा उभ्याइरहेको छ । त्यसमा पनि महाकाली सन्धि पास गराउन महत्वपुर्ण भुमिका खेल्ने उनै खड्गप्रसाद शर्मा ओली अर्था केपी ओली हाल एमालेको अध्यक्ष छन् । उनले आफसलाई नम्वर वान राष्ट्रवादी त भनिरहेका छन् तर यो दृष्टान्तबारे उनी किन बोल्दैनन् । महाकालि सन्धिमा हस्ताक्षर गरेपछि एमाले लगायतका नेताहरुले दिएका सार्वजनिक अभिव्यत्तीबाट उनीहरुको चरित्र थप उदाङ्गो पार्छ ।








उक्त सन्धिमा द्विपक्षीय हस्ताक्षर भएपछि एमाले अध्यक्ष मनमोहन, केन्द्रीय कमिटी र जनकपुरमा सम्पन्न राष्ट्रिय परिषद्को बैठकले सन्धि ‘देशभक्त जनवादी शक्तिको जीत’ भएको भन्दै स्वागत र समर्थन गरेको थियो ।







महासचिव नेपालले सन्धिको खरो र्समर्थन गर्दै भनेका थिए–‘नेपाल र भारतबीच हालै सम्पन्न महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिमा एमालेको ठूलो योगदान रहेको छ । टनकपुर समस्याको समाधानले हाम्रो देशमा रहेको प्रचुर जलस्रोत विकासमा नयाँ क्षितिज उदाउने सम्भावना उत्पन्न भएको छ ।’







महासचिव नेपालले त्यसपछि आयोजित विभिन्न कार्यक्रममा महाकाली सन्धिपछि नेपालमा भू–उपग्रह (स्याटलाइट) मार्फत् विदेशीलाई विजुली बेचेर मुलुकलाई धनी बनाउन सकिने अभिव्यक्ति दिएका थिए । तर उनले विदेशीलाई विजुली बेचेर नेपालले कति आर्जन र्गयो, त्यसको कुनै जानकारी जनतालाई दिएका छैनन् ।









ओलीले महाकाली सन्धि राष्ट्रिय हित अभिवृद्धि र राष्ट्रिय सम्मान स्थापना गर्न सफल भएको बताउँदै भनेका थिए–‘नेपाल र भारतले द्विपक्षीय मैत्रीलाई सवल बनाउने प्रक्रिया थालेका छन् । नेपाल र भारतीय समस्याका रूपमा रहेको एउटा प्रसङ्ग सकिएको छ र सकारात्मक समाधान प्राप्त भएको छ ।’ (२०५२ माघ १६, ३१ जनवरी १९९६ मा उनले विभिन्न सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति ) ।









उनले महाकाली सन्धिपछि मुलुकमा वर्षेनी एक खर्ब २० अर्ब आम्दानी हुने पनि बताएका थिए तर नेपालले महाकालीबाट अहिलेसम्म कति कमायो, ओलीले जनतालाई यसको जवाफ दिएका छैनन् । २०५३ भदौ ४ गते सम्पन्न कांग्रेसको तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठकले महाकाली सन्धिलाई पूर्ण र्समर्थन गरी अनुमोदन गर्ने निर्णय गरेको थियोे ।









देउवाले २०५२ माघ २० गते शनिबार आङ्खनो कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै भनेका थिए– ‘यो सन्धि भएकोमा म खुसी छु । मेरो प्रधानमन्त्रीत्वकालमा भारतसित यस्तो सन्धि भएकोमा म आफूलाई भाग्यशाली ठान्छु ।’







पुर्व प्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन नेता स्व. गिरिजाप्रसाद कोइरालाले महाकाली सन्धि पारित भएबाट आफू सन्तुष्ट र खुसी भएको बताउँदै त्यसमा आङ्खनो पूर्ण र्समर्थन रहेको बताएका थिए । (०५२ माघ १७, ३१ जनवरी १९९६ को अभिव्यक्ति) ।








कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टर्राईले माघ १८ गते जारी प्रेस वक्तव्यमा भनेका थिए-‘आर्श्चर्यजनक उपलब्धिहरूले भरिएको नयाँ सन्धिले देशरविदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई अल्हादित पारेको छ । यस सन्धिका लागि भारत सरकार र त्यहाँका सम्पूर्ण जनता पनि समानरूपले धन्यवादको पात्र रहेका छन् । आज खुसीका दिनहरूमा हामीले भारत सरकारको असीम उदारताबारे आङ्खनो कृतज्ञता ज्ञापन गर्नुपर्दछ ।’







राप्रपाका तत्कालीन अध्यक्ष (हाल राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष) सूर्यबहादुर थापाले सन्धिमा प्रारम्भिक हस्ताक्षर भएपछि माघ १७ गते त्यसलाई ‘ऐतिहासिक महत्व’ को विषय भन्दै भारतप्रति कृतज्ञता प्रकट गरेका थिए भने सन्धि अनुमोदनपछि ‘बहूत राम्रो’ भनेका थिए ।









तत्कालीन जलस्रोतमन्त्री एवं हाल राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले महाकाली सन्धि नभएको भए नेपालका सबै योजनाहरू धरासायी हुने बताउँदै सन्धि पारित हुनुलाई सन् १९५० यता आजसम्म भारतीय दृष्टिकोणमा आएको सबैभन्दा ठूलो परिवर्तन भनी भारतको चाकडी गर्दै भनेका थिए–‘भारतले आफ्नो राष्ट्रिय स्वार्थलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याएको छ ।’








तत्कालीन परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले माघ १७ गते परराष्ट्र मन्त्रालयमा अनौपचारिक पत्रकार सम्मेलन आयोजना गरी भनेका थिए–‘आपसी हित र समानताको सिद्धान्तलाई जलस्रोतको क्षेत्रमा पहिलोपटक मूर्तरूप दिइएको छ ।’
उक्त पत्रकार सम्मेलनमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री चिरञ्जीवी वाग्ले, जलस्रोतमन्त्री राणा, वाणिज्यमन्त्री फत्तेसिंह थारु पनि उपस्थित थिए ।









यसैगरी कांग्रेस, एमाले, राप्रपा, सद्भावना लगायतले सन्धिमा दुइ देशका परराष्ट्रमन्त्री वा प्रधानमन्त्री स्तरको हस्ताक्षर तथा सन्धि संसद्बाट अनुमोदन हुँदा बैठक नै बसी स्वागत गरेका थिए ।








(यो समाग्री विभिन्न लेख,पुस्तक र सीमाविद् ऋषिराज लुम्सालीद्वारा प्रकाशित पुस्तकको सहयोगमा तयार पारिएको हो ।)

Friday, 10 March 2017

आमा ! तिमीले नै भन्यौ यो जागीर हैन, यो त देशको सेवा हो ।

#Make_it_viral
आमा !
तिमीले नै भन्यौ यो जागीर हैन, यो त देशको सेवा हो ।
देशको सेवा गर्दैछु पनि खोई कसरी भनुॅ ?
देश अनि जनताको सुरक्षा कै लागि दिन-रात नभनी; भोक, प्यास अनि निन्द्रा नभनी खटिएको छु ।
सरकारबाट आदेश आउॅछ -"जा ! भिड-भाडलाई छेक"
जनता भन्छन् -"पर भाग, बाधा नबन"
म बिचमा पर्छु ।
म माथी ढुङ्गा बर्सिन्छन् ।
जनताको सुरक्षा गर्न हिॅडेको म, मै माथि उर्लिन्छन् जनता अनि म स्वयम् थिचिन्छु, कुटिन्छु ।
म भाग्दै चिच्याछु ।
जयान बचाउॅछु ।
"सकिन मैले, भिड थेग्न सकिन"
सरकारबाट आदेश आउॅछ -"गोली चला ! के हेरि बस्छस् ।"
म अन्धाधुन्ध गोली चलाइदिन्छु ।
भिड छेक्न भनौं या भनौं माथीको आदेश मान्न ।
एकै क्षणमा जिन्दगीहरु ढलिदिन्छन् ।
यत्र-तत्र छिन्न-भिन्न .....
म पछुताउॅछु ।
त्यो ढ्लेको जिन्दगी र म मा त्यति फरक छैन ।
म आदेशले चल्छु,
ऊ नेतृत्वले चलेको छ ।
म बाँच्न-बचाउनको लागि आदेश मान्छु ।
ऊ पनि बाँच्न-बचाउनको लागि आन्दोनन गर्छ ।
उफ ! ऊ मेरो दुस्मन हैन ।
न म उस्को दुस्मन हो ।
तर पनि ऊ मलाई हान्छ, म उस्लाई हान्छु ।
बस दोषी त्यही हो, जस्ले हामीलाई भिडाउने गर्छ ।
र पनि फेरि म आफै दोषी बन्न पुग्छु ।
खै आमा ! यो देशको सेवा हो या हैन ।
म अन्योलमा पर्छु ।

Thursday, 9 March 2017

पुरुषले जान्नै पर्ने महिलामा हुने PMS (Pre-Menstrual Syndrome) र PMDD (Pre-Menstrual Dysphoric Disorder) अवस्थाहरु:

पुरुषले जान्नै पर्ने महिलामा हुने PMS (Pre-Menstrual Syndrome) र PMDD (Pre-Menstrual Dysphoric Disorder) अवस्थाहरु:
,
----------------------------
१. PMS भनेको के हो?
२. PMS का लक्षणहरु के के हुन्?
३. PMS र PMDD मा के फरक छ?
४. PMS र PMDD को उपचारहरु के हुन्?
------------------------
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनुहोला
@Talk2Kalyan
------------------------
१. PMS भनेको के हो?
--- PMS अर्थात् Pre-Menstrual Syndrome भनेको महिलाहरुमा menses हुनु भन्दा (करिब) १०-१४ दिन अगाडी देखि हुने विभिन्न लक्षणहरुको समूह (group of symptoms) हो l उक्त लक्षणहरु mense सुरु भए लगत्तै कम हुँदै जान्छ र ४-५ दिन भित्र पूर्ण रुपमा निको हुन्छ l कम्तिमा ८५ % महिलाले जिबनमा कम्तिमा एक पटक यस्ता समस्या भोगेका हुन्छन् l सबै महिलाहरुको ठ्याक्कै एकै किसिमको भोगाई भने हुँदैन l

२. PMS का लक्षणहरु के के हुन्?
-- टाउको, ढाड, पेट, स्तन, मांसपेशी, हाडजोर्नी दुख्ने र शरीर निकै थाकेको महसुस हुने
-- निन्द्रा पर्न गाह्रो हुने वा बढी सुत्ने (change in sleep pattern)
-- भोक जगाईमा परिबर्तन हुने (food craving), पेट गडबडी हुने (constipation, diarrhea, bloating)
-- छिटछिटो मन परिबर्तित हुने, बेलाबेलामा झनक्क रिस उठ्ने, झट्टै सानो कुरामा रोइदिने, कसै संग बोल्न मन नलाग्ने, दिमागमा तनाब बढेको जस्तो लाग्ने (mood swings, anger, irritability)
-- अरुबेला संधै मन पर्ने कामकुरा गर्न यो बेला मन नलाग्ने l आत्तिए जस्तो लाग्ने l उदासिन हुने l (anxiety, depression, feeling on edge, overwhelmed)
-- Acne flare up
-- र अन्य धेरै लक्षणहरु

३. PMS र PMDD मा के फरक छ?
-- PMDD समस्या करिब ५% - १० % महिलामा मात्र हुने गर्छ l PMDD भएका महिलाहरुमा सुरु-सुरुमा PMS हुने बेलामा हुने सामान्य लक्षणहरुनै हुने गर्छन् पछि गएर ति लक्षणहरु निकै कडा वा सहनै नसकिने खालको हुने गर्छ l PMDD मा दुखाई (physical pain) भन्दा पनि मानसिक तनाबले बढी सताउछ l यो समस्या निकै कम महिलालाई हुने र बाहिर बाट देखिने समस्या PMS जस्तै हुने हुँदा कतिपय समयमा महिलाले महिलाकै समस्या बुझ्न सक्दैनन्l
मलाई PMDD भएका केही महिलाले भनेका केहि वाक्यहरु:
".. they (other women) have no idea how it feels, they got no clue.."
".. it is PMS in steroid...."
"...i become mean and angry person ...."
"... in my heart and mind i truly believe that i hate/like ......... but after period starts, i regret everything i did..... every single time.."

-- PMS हुँदा शरीरको हर्मनमा अस्थिरता (hormone fluctuation) हुने गर्छ जसले गर्दा दिमागको केहि neurotransmitter मा केहि समयको लागि परिबर्तन हुन्छ तर अन्य त्यति गम्भीर असर भने हुँदैन l सामान्य नदुख्ने औषधि, आराम, ब्यायाम, र खानामा केहि परिवर्तन गर्र्यो भने सामान्यतया खासै ठुलो समस्या हुँदैन l तर PMDD का कारण भने परिवार, काम र अन्य ठाउँमा निकै समस्या आउन सक्छ l यसै कारण यो समस्या महिलाले भन्दा पुरुषले ध्यान दिन बढी जरुरी छ l
-- PMDD भएको बेलामा पुरुषले ध्यान दिनुपर्ने कुराहरु :
** यो बेलामा महिला (छोरी, श्रीमती, co-worker) संग झगडा नगरेकै राम्रो l यो बेलामा उनीहरु सामान्य दिन भन्दा १०० गुना बढी भाबुक (emotional) हुने गर्छन् l निकै सानो कुरामा पनि निऊ खोज्ने र झगडा गर्न पछि नपर्ने हुन्छन् l यसबेला उनीहरु झगडा पछिको परिणामको वास्ता गर्ने गर्दैनन् र गर्न सक्दैनन् l उनीहरुले चाहेर वा जानी जानी यसो गरेका होइनन् र उनीहरुले जति प्रयास गरेपनि रिस थाम्न सक्दैनन् l Menstrual Cycle का कारण हुने नियमित hormonal changes मात्र नभई यो बेला दिमागमा serotonin neuro-transmission मा समेत खलल परेको हुन्छ (Serotonin को बारेमा अरुनै बेलामा बिस्तृत बुझाउँला) l यही Serotonin Neurotransmission मा हुने खललका कारण यी सबै कुरा हुने गर्दछ l gamma-aminobutyric acid (GABA) र β-endorphin को पनि केही भूमिका रहेको मानिन्छ l

** करिब दुई हप्ता निकै उदाशीन भएको जस्तो l केहि काम गर्न नखोज्ने, केसैमा पनि रुचि नदेखाउने, कतै हराएको जस्तो हुने गर्छन् l यस्तो बेलामा घुम्न जाने, कुनै रमाइलो कार्यक्रमको योजना गर्ने, घरमा साथीभाईको भेटघाटको कार्यक्रम राख्नु बेकार हुनेछ l

** यो बेलामा PMDD भएका महिलाहरुमा (याद गर्नुहोस PMDD भएका महिलामा मात्र, PMS भएकोमा होइन ) राम्रो संग सोंचेर जटिल कुराको निर्णय गर्न निकै गार्हो हुन्छ l उनीहरुले (PMDD भएकाले) यसबेला शत-प्रतिशत सहि लागेको कुरा पछि आँफैले गलत निर्णय गरेछु भन्ने महसुस गर्छन् l त्यसैले जीवनका ठुला निर्णयहरु वा लोग्ने-स्वास्नीको/परिवारको मन्जुरीमा गर्नु पर्ने वा भविस्यमा असर पर्ने कुराको छलफल र निर्णय यो बेलामा नगर्नुनै सबैको लागि भलाई हुनेछ l १-२ हप्ता कुर्दा सबैको भलो हुन्छ l

** यो बेलामा उनीहरु (PMDD भएकामा) कतिखेर कुन mood मा छन् भन्ने कुरा पत्ता लगाउन निकै गार्रो हुन्छ l संगै कामगर्ने co-worker PMDD भएको परिन भने सम्पूर्ण कामदारकै दिन खराब हुन सक्छ l यो बेलामा PMDD महिलाको मर्का बुझेर work-load कम गर्ने वा मिल्छ भने आराम गर्न घरमा पठाऊँदा राम्रो हुन्छ l

** कोही-कोहीलाई यो बेलामा आँफुलाई निकै नराम्री लाग्ने, ऐना हेर्न मन नलाग्ने वा ऐनानै फुटाइ दिने l घरि कसैको (लोग्ने वा boy-friend) को निकै सम्झना आउने वा माया लाग्ने र घरि घृणा गर्ने l आंफुले भने जस्तो ठ्याक्कै भएन भने "मेरो यो संसारमा कोही छैनन्, सबले मलाई हेप्छन्" जस्तो सोंच्ने l अघि भर्खर रमाई रहेको मान्छे सानो केही कुरा हुने बित्तिकै मर्छु कि मार्छु जस्तो व्यवहार गर्ने (mood swings). र संधै गरेजस्तो व्यवहार गरिदिंदा पनि सुख नदिने हुन्छ l

४. PMS र PMDD को उपचारहरु के हुन्?
-- PMS र PMDD को औषधि उपचारमा खासै धेरै फरक भने हुँदैन l व्यक्ति अनुसारको लक्षणहरु फरक हुने हुनाले त्यहि अनुरुपको उपचार बिधि फरक पर्न सक्छ l
-- PMS को उपचारमा प्रयोग गरिने उपचार: नदुख्ने औषधि (फार्मेसीमा पाउने सामान्य painkiller), शारीरिक ब्यायाम (aerobic exercise / योगा), supplemental replacement (Vitamin B6, Vitamin E, Magnesium, Calcium, Folic Acid), Vegan Diet (माछा-मासु, दुध-चिज-पनिर नभएको), कम चिनी/गुलियो (फलफुलको गुलियो बाहेक), कम नुनको प्रयोग आदि l (coffee ले कसैलाई राम्रो गर्दछ कसैलाई झन् टाउको दुखाउँछ यस्तो बेला)
-- Natural Therapy बाट उपचार गर्नेहरुले Black cohosh, Chasteberry, Evening primrose oil को पनि प्रयोग गर्छन् l तर यसबाट PMDD भएकोलाई फाइदा भएको मैले सुनेको छैन l यि FDA परमाणित औषधि पनि होइनन् l
-- PMDD को उपचारमा माथि PMS मा भनेको जस्तो पहिले गर्ने l त्यसो गर्दा भएन भने mood (depressed mood) को औषधिको प्रयोग गर्नु पर्दछ l कसै कसैलाई hormone replacement पनि गर्नु पर्ने हुन सक्छ l यी औषधिको लागि डाक्टरको prescription चाहिन्छ l
-- PMS र PMDD का लक्षणहरु अन्य धेरै रोगहरु (अवस्थाहरु) संग पनि मिल्न सक्दछ वा ति रोगहरु (अवस्थाहरु) भएकाहरुमा PMS र PMDD का लक्षणहरु अलि जटिल बन्ने गर्दछन l ति रोगहरु (अवस्थाहरु) हुन्: Major Depression, Panic Disorder, GAD, Endometriosis, Thyroid disorders, Migraines, Chronic fatigue syndrome, Irritable bowel syndrome. त्यसैले diagnosis को लागि डाक्टरकोमा जानुहोस् l आँफै diagnose नगर्नुहोस्l

चिया कफि खाउँ मा सुन्दर नाच tea coffee beautiful dance



चिया कफि खाउँ मा सुन्दर नाच tea coffee beautiful dance

Wednesday, 8 March 2017

नेपालमा घुम्नै पर्ने ठाउँहरु जसले नेपालिहरु नभै कैयौं बिदेशीको पनि मन लोभ्याउँछ ।




घुम्नैपर्ने ठाउँहरु :

 नेपालमा केही त्यस्ता ठाउँ छन्, जुन विदेशी मात्र होइन नेपालीकै लागि पनि उत्तिकै आकर्षक छन् । ती गन्तव्यको उचित प्रचार गर्न सके एसियाका दुई ठूला मुलुक चीन र भारतबीच रहेको नेपाल पर्यटन क्षेत्रमा निकै अघि बढ्न सक्छ ।

१. रारा ताल
रङ फेरिरहने यो ताल मुगुमा जिल्लामा पर्छ । मुलुककै ठूलो यो ताल २ हजार ९ सय ७२ मिटर उचाइमा छ । यहाँ पुग्न सदरमुकाम गमगढीबाट करिब ३ घन्टा यात्रा गर्नुपर्छ । ताल्चा विमानस्थलबाट पनि तीन घन्टा हिँडेर यहाँ पुग्न सकिन्छ । १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको राराको सुन्दरतामा निख्खार थप्छन्, जेठदेखि असोजसम्म फुल्ने विभिन्न फूलहरूले । विश्वमा अन्यत्र नपाइने असला (हिमाली) माछा यहाँ पाइन्छ । तालमा सिस्ने र कान्जिरोवा हिमालको दृश्य देखिन्छ ।

२. फोक्सुन्डो ताल
से फोक्सुन्डो ताललाई गन्तव्य बनाएर कणर्ालीकै अर्को जिल्ला डोल्पाको यात्रा गर्न सकिन्छ । कर्णालीमा सबैभन्दा बढी पर्यटक पुग्ने जिल्ला हो डोल्पा । यो तालसम्म पुग्दा देखिने भौगोलिक तथा प्राकृतिक सुन्दरता बेजोडा मानिन्छ । यो ताल से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्छ जहाँ चर १ सय ९६, स्तनधारी जन्तु ३२ र जडीबुटी ४ सय ७ प्रजातिका पाइन्छन् ।

३ तिलिचो ताल
मनाङमा रहेको तिलिचो समुद्र सतहबाट ४ हजार ९ सय २० मिटर उचाइमा छ । मस्र्याङ्दी नदीको स्रोत यही ताल हो । मनाङका अन्य पर्यटकीय गन्तव्य थोराङपास, मुक्तिनाथ, जोमसोस यात्रालाई अझ रोमाञ्चक बनाउन यहाँ पुग्नैपर्छ । यस क्षेत्रमा वर्षको सात महिना हिउँले ढाक्छ । तिलिचो ताल घुम्न शरद याम उत्तम मानिन्छ ।

४. पुनहिल
अन्नपूर्ण आधारशिविर पुग्ने सपना धेरैको हुन्छ । तर साँच्चिकै सुन्दर स्थानको तस्बिर कैद गर्न पोखराबाट आधारशिविरतर्फको यात्रालाई पुनहिलको बाटोले जोड्नुपर्छ । पदयात्राका लागि पर्याप्त समय नहुनेहरू पुनहिल पुगेर मात्रै र्फकन सक्छन्, जसका लागि पाँच दिन लाग्छ । ३ हजार २ सय मिटर उचाइमा अवस्थित यस स्थानबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छे र नीलगिरीलगायत पन्ध्र हिमाल हेर्न सकिन्छ ।

५. अन्नपूर्ण आधारशिविर
यो पदयात्रा लागि ७ देखि ११ दिनको समयमा व्यवसायीहरूले 'आइटेनरी' तयार पारेका हुन्छन् । ७ देखि ८ हजार मिटर उचाइका हिमालसँग नजिक ल्याउने पदयात्रा भएकाले यसलाई धेरैले मन पराउँछन् । सन् २०१३ मा १ लाख १३ हजार ५ सयजनाले अन्नपूर्ण आधारशिविर पदयात्रा गरेका थिए ।

६. खप्तड राष्ट्रिय निकुन्ज
खप्तड राष्ट्रिय निकुन्जले बझाङ, बाजुरा, अछाम र डोटीले छोएको छ । २ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो सबैभन्दा सानो निकुन्ज हो । निकै कम मानिस पुग्ने यो क्षेत्रको धार्मिक महत्त्व पनि छ । रंगीबिरंगी फूलहरूले खप्तड पुग्नेलाई स्वागत गर्छन् ।

७. सगरमाथा आधारशिविर
बेलायतको डेली मेलले सगरमाथा आधाशिविरलाई उत्कृष्ट पदयात्रा मार्गको रूपमा घोषणा गरेको छ । यो मार्ग हुँदै आधारशिविर र कालापत्थरसम्म पुग्न सकिन्छ । यो पदयात्राका लागि काठमाडौंबाट लुक्लासम्म हवाई यात्रा सकेर पैदल हिँड्नुपर्छ । पदयात्रा पूरा गर्न १७ दिन लाग्छ ।

८. गोसाइँकुण्ड
रसुवामा एक सय ८ कुण्ड छन्, तीमध्ये निकै चर्चित छ गोसाइँकुण्ड । काठमाडौंको रानीपौवा हुँदै १ सय १८ किमि यात्रापछि रसुवाको धुन्चे र त्यहाँबाट लौरीविनायक-तेरपैलो-चोलाङपाटी हुँदै पुग्न सकिन्छ । समुद्र सतहबाट १४ हजार फिट उचाइमा रहेको गोसाइँकुण्डमा दसैं र जनैपूणिर्मामा मेला लाग्छ ।

९. चितवन राष्ट्रिय निकुन्ज
हात्ति चढेर गैंडा हेर्नका लागि चितवन राष्ट्रिय निकुञ्ज उत्तम ठाउँ हो । खोलाको छेउमा बसी सूर्यास्तको दृश्यावलोकनको रमाइलो बेग्लै हुन्छ । निकुन्ज घुम्न सडकमार्ग हुँदै टाँडीबाट भित्र पस्न सकिन्छ । भरतपुर विमानस्थलमा दैनिक उडान उपलब्ध छन् ।

१०. बडीमालिका (बाजुरा)
जेठदेखि साउनसम्म बडीमालिका पुग्दाको रमाइलो बेग्लै हुन्छ । करिब १५ हजार फिट उचाइमा रहेको यस क्षेत्रको संस्कृति, भूबनावट र वातावरणले जो कोहीलाई लोभ्याउँछ । धनगढी भएर डडेलधुरा हुँदै दिपायल, साफेँबगरबाट बाजुरा पुगेपछि बडिमालिका जाने बाटो भेटिन्छ । जिल्ला सदरमुकाम मार्तडीबाट पनि जान सकिन्छ । ११ दिनमा काठमाडौंबाट बडिमालिका पुगेर फर्किन सकिन्छ । उक्त क्षेत्रमा होटेल तथा आवास प्रबन्ध नभएकाले टेन्ट, 'स्लिपिङ ब्याग' व्यवस्था गरेर जानुपर्छ ।

११. पोखरा
पोखरा यस्तो सहर हो, जहाँ अग्लो हिमाल आफैं सतहमा रहेको तालसँग मिसिन्छ । साहसिक गतिविधि मन पराउनेका लागि स्काई डाइभिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट उडान र र्‍याफ्टिङ यहाँ उपलब्ध छन् । पोखरा पुग्न छोटो पदयात्रा गर्न मन लागे नजिकको दूरीमा १८ वटा पदयात्रा मार्ग छन् । यहाँबाट धौलागिरी, अन्नपूर्ण र मनास्लु हिमशंृखला देख्न सकिन्छ । घुम्नका लागि सेतो गुम्बा, पाताले छाँगो, महेन्द्र गुफा र गुप्तेश्वर गुफा मुख्य स्थल हुन् । पोखरा र आसपासमा विभिन्न आठ ताल घुम्न सकिन्छ ।

१२. लुम्बिनी
धार्मिक पर्यटकका लागि मात्र होइन, पुरातात्त्विक सम्पदामा रुचि राख्नेहरू एकपल्ट पुग्नैपर्ने स्थान हो लुम्बिनी । गौतम बुद्धको जन्मस्थल क्षेत्रमा थुप्रै स्तुपा तथा गुम्बा छन् ।

१३. खोकना
ललितपुरको जावलाखेलबाट ८ किलोमिटर दक्षण्िामा एउटा पुरानो बस्ती छ, खोकना । तोरीको तेलका लागि प्रख्यात यस स्थानमा हुने जात्राहरू विशेष मानिन्छन् । काठमाडौंबाट नजिक भएकाले सहरको हल्लाबाट छुट्कारा लिई प्रकृतिसँग नजिकिन खोकना राम्रो विकल्प हो । मल्लकाल सम्झाउने पुराना घर, पुराना कथा सुनाउन तम्तयार गल्लीभित्रबाट गाला खुम्चाउँदै हाँस्ने वृद्धवृद्धाले यहाँ पुग्नेलाई लोभ्याउँछन् ।

१४. नमोबुद्धडाडाको टुप्पोमा गुम्बा अनि बौद्ध कलाले सजिएका घरहरू । हेर्दा तिब्बती सहरजस्तो । काभ्रेपलाञ्चोकको नमोबुद्धबाट डाँडाबाट पनौती, बनेपा र धुलिखेलसँगै हिमाली रेन्ज र पूर्वउत्तरमा भकुण्डेबेसी तथा पाँचखालको फाँटको सुन्दर दृश्य देखिन्छ ।

१५. स्वर्गद्वारी
२ हजार १ सय २१ मिटर उचाइमा रहेको प्यूठानको स्वर्गद्वारीबाट तीनवटा हिमशंृखला देख्न सकिन्छ । स्वर्गद्वारी धार्मिक सम्पदा, इतिहास र प्राकृतिक सौन्दर्यको खानी हो । गर्मीबाट छुट्कारा पाउन पनि स्वर्गद्वारी पुग्न सकिन्छ, अन्य स्थानमा चर्को गर्मीले सताइरहँदा स्वर्गद्वारीको हावापानीले स्वर्गै पुगेजस्तो अनुभव गराउँछ ।

१६. कोसी टप्पु आरक्ष
'चरा अवलोकनका लागि नेपाल सबैभन्दा राम्रो ठाउँ हो । पूर्वी नेपालमा अवस्थित कोसी टापु र कोसी ब्यारेज क्षेत्रमा प्रवासी पानी कुखुरा र चराहरू हेर्न जाडो मौसम उपयुक्त हुन्छ । अन्यत्र नपाइने प्रजातिका चराहरू यहाँ देखिन्छ,' विश्वभरका गन्तव्यलाई 'र्‍याङकिङ' गर्ने 'वेभपोर्टल टि्रप एडभाइजर'ले लेखेको छ । जनवरी र फेब्रुअरीको महिनामा यहाँ हजारौं चरा भेला हुन्छन् ।

१७. पाल्पा
तानसेनको श्रीनगर डाँडा र १ सय १३ वर्ष पुरानो रानीमहलकै कारण यो पाल्पालाई पहाडकी रानी भनिँदै आएको छ । मौसमका हिसाबले पाल्पा बाह्रै महिना सुन्दर मानिन्छ । कालीगण्डकी किनारामा रहेको रानीमहलले जो कोहीको मन लोभ्याउँछ ।

१८. ककनी
स्ट्रबेरी खेतीका लागि प्रख्यात ककनी पछिल्लो चार/पाँच वर्षयता ट्राउट माछाले पनि परिचित छ । 'रक क्लाइम्बिङ वाल' र पार्कले पनि नुवाकोट जिल्लामा पर्ने ककनीको आकर्षण थपेका छन् । ककनीबाट गणेश, गौरीशंकर, मनास्लु, चोबा भामरे, हिमचुली, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । लोन्ली प्लानेटले धुलिखेल र नगरकोटभन्दा शान्त गन्तव्यको रूपमा यसलाई व्याख्या गरेको छ ।

१९. बन्दीपुर

नेवारी संस्कृतिको संग्रहालयका रूपमा चिनिने बन्दीपुर नेपालकै ठूलो गुफा (सिद्ध गुफा) भएको स्थान हो । यहाँ 'प्याराग्लाइडिङ' समेत सुरु भएको छ । बन्दीपुरबाट जुगल, लाङटाङ, गणेश, मनास्लु, हिमचुली, अन्नपूर्ण, धौलागिरी र कान्जिरोवा हिमाल देखिन्छन् । मध्यजेठदेखि मध्य-असारसम्म बन्दीपुर पुग्नेलाई बाटैभरि चौबीस जातिका सुनगाभाले स्वागत गर्छन् ।

२०. लोमान्थाङ
मुस्ताङको निकै रोमाञ्चक र विकट गन्तव्यको रूपमा लिइन्छ, लोमान्थाङलाई । यहाँको भौगोलिक बनावट तिब्बती परिवेशसँग मिल्छ । हिमाली मरुभूमि नै भनिन्छ यस क्षेत्रलाई । लोमान्थाङ थकाली संस्कृतिको बाहुल्य भएको ठाउँ हो । यहाँ जान विदेशी पर्यटकहरूले विशेष अनुमति लिनुपर्छ । लोमान्थाङमा रहेको सात सय वर्ष पुरानो दरबार त्यहाँको मुख्य आकर्षण हो । माटोले बनाइएको पाँचतले उक्त दरबारमा सयभन्दा बढी कोठा छन् ।

२१. च्छो रोल्पा ताल
दोलखाको उत्तरी भेगमा अवस्थित यो स्थान पुग्न जति गाह्रो हुन्छ, पुगिसकेपछिको आनन्द त्यति नै अवर्णनीय छ ! करिब १ दशमलव ३९ वर्ग किलोमिटरमा फैलिएको यो ताल सबभन्दा ठूलो हिमताल हो । गौरीशंकर हिमालको फेदीमा रहेको यो ताल पुग्न ना गाउँबाट दुई घन्टा उकालो हिंड्नुपर्छ । काठमाडौंदेखि च्छो रोल्पासम्मको यात्रा करिब १३ दिनको हुन्छ ।

२२. चिसापानी र ठाकुरद्वारा
चिसापानी कणर्ाली नदीले पहाड छिचोलेर तराईमा निस्कने स्थान हो । अझ भनांै, सुन्दर सुदूरपश्चिमको मुख्य प्रवेशद्वार । यहाँ रहेको कणर्ालीको पुल एसियाकै दोस्रो नमुना पुल हो, जो एउटा पिलरमा अडेको छ । कणर्ालीको माछा र पुल यहाँको मुख्य विशेषता हुन् । सबैभन्दा बढी जंगली हात्ती, दुर्लभ पाटेबाघ, विश्वकै दुर्लभ एकसिङ्गे गैंडा, कृष्णसार र हजारौंको सड्ख्यामा चित्तल भएको बर्दिया राष्ट्रिय निकुन्ज यसको नजिकै छ । नेपालगन्जबाट ८५ किलोमिटर पर्ने अम्वसाबाट १२ किलोमिटर दक्षिणतर्फ यात्रा गरेपछि निकुन्ज पुग्न सकिन्छ ।

२३. काँक्रेबिहार (सुर्खेत)
पुरातात्त्विक स्थानहरू मन पराउनेका लागि काँक्रेबिहार खुला संग्रहालय हो । यो बौद्ध धर्मावलम्बीका लागि विहार हो भने हिन्दूका लागि मन्दिर । यहाँ हजारौं वर्ष पुराना मूर्ति तथा कला कुदिएका ठूला-ठूला ढुङ्गाहरू छन् । जहाँ खस राजाहरूको इतिहास रहेको बताइन्छ । बुद्ध शिक्षा अध्ययन गर्नेका लागि यो अनुसन्धानको थलो बनेको छ । सुर्खेतको बीच भागमा पर्ने लाटीकोइली गाउँमा डेढ किलोमिटर क्षेत्रफलमा फैलिएको छ, काँक्रेबिहार ।

२४. भेडेटार
पूर्वाञ्चलका उत्कृष्ट गन्तव्यमध्ये पर्छ धनकुटाको भेडेटार । १ हजार ४ सय ३० मिटर उचाइमा रहेको यो ठाउँ गर्मीबाट बच्नका लागि मात्र होइन, पूर्वी हिमाली भेगको सुन्दरता नियाल्नका लागि पनि हो । भेडेटारको भ्यू टावर यस्तो स्थान हो, जहाँबाट सप्तकोसीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरू साथै मकालु, कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमशंृखला एकैपटक हेर्न सकिन्छ । धरानबाट १६ किलोमिटर उत्तरमा छ भेडेटार ।

२५. बारपाक, गोरखा
घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान थाहा पाउन एकपटक पुग्नुपर्ने ठाउँ हो, गोरखाको बारपाक । गोरखा सदरमुकामदेखि एक दिन पैदल यात्रापछि पुगिने यो गाउँ झरना र हिमशृंखला दृश्यावलोकनका लागि बढी चर्चित छ । संस्कृति झल्काउने आकृति कुदिएका घरहरूले त्यहाँको इतिहास बताउँछ ।

२६. कालिन्चोक, दोलखा
दोलखाको सदरमुकाम चरिकोटबाट पदयात्रा गरेर कालिन्चोक पुग्नुको रमाइलो बेग्लै हुन्छ । चरिकोटबाट करिब ७ घन्टा उकालो हिँडेेपछि कालिन्चोक भगवतीको मन्दिर पुगिन्छ । कालिन्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिम शृंखला, गौरीशंकर हिमालबाट देखिने सूर्योदय अवलोकन गर्न सकिन्छ । हिउँ खेल्न मन पराउनेहरू मंसिरदेखि माघसम्म यो ठाउँको पदयात्रा गर्न सक्छन् ।

२७. पाथिभरा, ताप्लेजुङ
मोरङको बेलबारीदेखि झन्डै ३ सय पचास किलोमिटर दूरीमा पाथिभरा पुगिन्छ । सुकेटारदेखि सानो फेदीसम्मको करिब १० किलोमिटर कच्ची र अप्ठयारो बाटोले केही समस्या हुन्छ । तर डाँडा पुगेपछि त्यहाँको पूजा सामग्री, हवन र धुपको गन्धले थकान मेटाइदिन्छ । टाकुरामा, खुला आकाशमुनि सौम्य मुद्रामा देवीको मूर्ति स्थापित छ ।

२८. कन्याम, इलाम
गर्मी मौसमबाट शीतल कन्यामको यात्रा निकै रमाइलो हुन्छ । विर्तामोडबाट ६१ किलोमिटर दूरीमा पहाड चढेपछि पुगिन्छ यो स्थान । यहाँ चिया बगानले ढाकेका सुन्दर थुम्काहरू, बगानको बीचमा नागबेली पक्की सडक निकै आकर्षक देखिन्छन् ।

२९. जानकीधाम, जनकपुर
धनुषाको यो सहर राजा जनक र उनकी पुत्री जानकीको भूमि हो । धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहर हो । काठमाडौंबाट ४ सय किलोमिटर दक्षण्िा पूर्वमा रहेको यो सहर बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । यहाँस्थित राम-जानकीको मन्दिरको आफ्नै महत्त्व छ । यो मन्दिर सन् १९११ मा टिकमगढ (भारत) की राजकुमारी कुमारी वृषभानुले बनाएकी हुन् ।

३०. पाँचपोखरी, सिन्धुपाल्चोक
जुगल हिमालको फेदमा एकै ठाउँ पाँचवटा पोखरी । सिन्धुपाल्चोक जिल्लामा ४ हजार २ सय मिटर माथि रहेको यी पोखरीसम्म पुग्न गाडी छोडेपछि १२ दिन पदयात्रा गर्नुपर्छ । नीलो आकाश र त्यसका बादलको प्रतिविम्बले पोखरीहरू आकर्षक देखिन्छन् । एउटा पोखरी पूरै घुम्न झन्डै आधा घन्टा लाग्छ ।

हो मलाइ गर्व छ बाहुन हुनुमा हो म बाहुन हु !

मेरो जन्म ब्राह्मण कुलमा भएछ । यो मैले कसैसँग अनुनय–विनय गरेर, कसैको चाकरी गरेर, कसैलाई घुस ख्वाएर, कसैको भाग खोसेर या कसैको सर्वनाश गरेर भएको होइन । आध्यात्मिक आँखाले हेर्दा यो मेरो पूर्वजन्मको कर्मले प्राप्त हो भने भौतिकवादी आँखाले हेर्दा यो महिला–पुरुषबीच मिलनपछिको प्रतिफल हो ।
अरुले पहिचानको मुद्दाको रटान लगाइरहँदा मैले कसैको डरले मेरो जनै फाल्नु धर्मनिरपेक्षताभित्र पर्दैन भन्ने मेरो ठहर हो ।
युरोप, अमेरिका गएर जनजाति, दलित र मधेसीको कोटामा दीक्षित भएर आएका अहिलेका टाईवाला दाइहरुले मलाई एलिटभने पनि केही छैन । किनकि मेरो नामको पछाडि शासक वर्गको थर जोडिएको छ । यस वापत मेरो बैंक खातामा मनग्गे पेन्सन आइरहन्छ भनेर उहाँहरुले प्रचार गर्नु भए पनि मलाई फरक पर्दैन ।
मेरा बा-आमाले मलाई दु:खजिलो गरेर पढाउनुभो ।मैले र मेरा बाआमाले जानाजान कसैको भाग खोसेको मलाई याद छैन । तर, म जब हलो जोत्ने,अरुको भाँडा माझ्नेदेखि घर पोत्ने गर्दै पढेर योग्यतावाल हुने बेलासम्म मेरो थरको पछाडि एउटा टाइटल झुन्डिएको थियो, ‘एलिट वर्ग ।
मेरो योग्यतालाई ओभरटेक गरेर काठमाडौंमै घर भएको कुनै अर्को, गतिलो पेशा भएको र राजनीतिक पहुँच भएकोकथित उत्पीडितमधेसी जनजातिको छोराले त्यो भाग ओगटिसकेको थियोमैलेभन्दा झन्डै ३० नम्बर कम ल्याएर । मैले हठात् चित्त बुझाउनैपर्ने भयो । भएको अस्थायी जागिर कहिले छुट्ने हो, टुङ्गो थिएन । विकल्पको रुपमा परराष्ट्र मन्त्रालयमा गई पासपोर्ट बनाएँ र म विदेश हान्निएँ ।
अहिलेको तातो बहस
मेरो छिमेकमा अचेल गाई काटेर खान पाउनुपर्छ भनेर ठूलो भुइँचालो आइरहेको छ मेरी आमाले बिहान सबैभन्दा पहिले त्यही गाईकै गोबरले दैलो नपोतेसम्म केही काम गर्नुहुन्न । मेरा बाले गाईकै पूजा गरेर गहुँत नखाई जुठोसूतक जाँदैन भन्नुहुन्छ । म त्यही गाईको दूध खान्छु र संस्कार निर्वाह गर्दै गहुँत पनि खान्छु । जन्मेदेखि मर्ने बेलासम्म त्यही गाईलाई बाले बेलाबेलामा पुज्नुहुन्छ । बहुसंख्यक मान्छेले पूजा गर्ने गाईलाई राज्यले राष्ट्रिय जनावर बनाएको छ ।
तर, गाईगोरु काट्न नपाएर आफ्नो पहिचान गुमेको देख्नेहरुलाई मैले बुझ्न सकेको छैन । छिमेकीले पुज्ने गाई काटेर खान नपाउँदैमा पहिचान कसरी गुम्यो ? हामीले आमा मान्ने गाई काट्दा हाम्रै छिमेकीलाई यतिविघ्न खुसी मिल्छ के राष्ट्रिय जनावर गाई खान नपाउँदैमा भोकमरी नै लाग्छ र ?
त्यसै पनि गाईको दूध र मूत्र वैज्ञानिक दृष्टिकोणले समेत उपयुक्त छ । मैले गाईको गहुँत खाँदा कोही हाँसेर उडाउँछ भने मलाई केही फरक पर्दैन । मैले गोबरले लिप्दा कसैले छ्या भन्छ भने त्यसले पनि असर गर्दैन । तर, म सुँगुर खाँदिनँ र खानेलाई घृणा पनि गर्दिनँ ।
गाई खानैपर्छ भनेर कसैको धर्मग्रन्थमा लेखिएको छैन । गोरुको मासु चढाउनैपर्छ भनेर कुनै धार्मिक किताबमा उल्लेख छैन ।यदि कतै छ भने त्यो कुप्रथा होधर्म होइन । हिन्दु धर्मका अनुयायीले देवीदेवताको नाममा चढाउने बली पनि धर्म होइन,यो त कुप्रथा हो  यस्ता कुप्रथाको जरैसहित अन्त्य हुनुपर्छ ।
तर, मैले गहुँत खाने मेरो संस्कार बहुसंख्यकको संस्कार हो  म गाई पुज्छु, संस्कार अनुसार बेलाबेला गाईको गहुँत पनि पिउँछु । यसो गर्दा कसैको अधिकार हनन हुँदैनमैले सबैले गाईको गोबरले लिपौं, गहुँत पिऔं र जनै लगाऔं पनि भन्दिनँ । तर,मलाई होच्याएर कसैले तैंले मूत‘ खाने गाई मैले काटेरै खान्छु भन्छ भने त्यो बेला मैले प्रतिरोध गर्छु र गर्नुपर्छ ।
यसो गर्दा मलाई कसैले बाहुन मान्छ भने मैले भन्नै पर्छ: हो महाशय, म बाहुन नै हो । यस अर्थमा मलाई बाहुनवादी माने हुन्छ ।
राष्ट्रिय बहसको मुद्दा
अचेल इन्टरनेटको सामाजिक सञ्जालमा कहिले गैंडा त कहिले घोड़ा राष्ट्रिय जनावर बनाऔंहामीले खाने गाईगोरुलाई किन राष्ट्रिय जनावर बनाएको भनेर ताता र छाडा बहस पनि हुन थालेका छन् ।
गाई भनेको नेपालको सन्दर्भमा बहुसंख्यकको आस्थाको धरोहर होपवित्रताको प्रतीक हो । अनि त्यस्तो पवित्रताको प्रतीक छाडेर किन भैंसी, बाख्रा या गैंडा राष्ट्रिय जनावर बनाउने सुँगुरलाई घृणा गरिने हुनाले मुसलमान बाहुल्य देशमा सुँगुर काटिंदैन,छोइँदैन ।
अमेरिकामा घोडा र कुकुरको मासु काट्न प्रतिबन्ध लगाइएको छ । तर, त्यही घोडा कुनै मिडल इस्ट देशमा मासुको मुख्य स्रोत हो । तर, मलाई के लाग्छ भने नेपालमा कसैले यतिविघ्न सम्मान गर्ने गाईगोरु नखाए पनि आकाश खस्दैनबरु सामाजिक सम्बन्ध बलियो हुन्छ । अझ सकिन्छ भने सबै साकाहारी बनौंअरुको मासु मान्छेले खाने चिज नै होइन । अझ गाईगोरुको मासु खान पाउने कुरालाई पहिचानसँग नजोडौं ।
यदि कसैले कसैको हत्या गरी खान पाउनुपर्छ भन्ने कुरालाई आफ्नो बटमलाइन नै मान्छ भने म त्यसको विरोधी हुँ । त्यसबेला मलाई बाहुन भने हुन्छ । हो,यस अर्थमा म बाहुनवादी हो ।
मेरो छिमेकमा अचेल भाषाको पनि त्यस्तै बिजोग छ । आफूलाई अब्बल लेखक मान्नेहरुले जुन भाषामा लेखेर बिहानसाँझ आफ्नो चुह्लो बालिरहेका छन्,जुन भाषा बोलेर चाकरीचाप्लुसी गरिरहेका छन्,त्यही भाषालाई मूलधारको भाषा होइन भनेर दुत्कारिरहेका छन् । खासमा उनीहरु स्वयं आफैं आफ्नो भाषा बोल्न जान्दैनन् ! 
आफ्नो भाषाको उत्थान त सबैभन्दा पहिले आफैंले पो गर्नुपर्छ । घरमा छोराछोरीलाई हिन्दी च्यानलमा झुम्याएर बाहिर नेपाली भाषालाई शासकहरुको भाषा भनेर फलाक्नु राम्रो होइन ! आफ्नो संस्कार र आफ्नो भाषा त सबैभन्दा ठूलो सम्पत्ति हो,त्यसलाई बचाउने सबैभन्दा पहिले आफूले र त्यसपछि राज्यले हो ।
सम्पर्क भाषाको रुपमा बहुसंख्यकले बोल्ने भाषा पनि शासकहरुकै भाषा भन्ने स्वाँठहरुको विद्वता पनि मैले बुझ्न सकेको छैन । सबै भाषाको एकैचोटि उठान त हुनै सक्दैन । हिजो संस्कृतलाई बुर्जुवा भाषा भनेर बन्देज गर्नेहरुले अहिले त्यही भाषालाई जननी भाषा मानेका कुरा बुझेरै होला ।
बेतुकका कुरा
मेरो वरिपरि अचेल विभेदको पनि कुरा उठिरहेको छ । मैले जानेबुझे अनुसार संविधानले तोकेरै कसैलाई दमन गर्नुपर्छ भनेर भनेको छैन । जाति जनजाति भएकै कारणले हेप्नु र हेपिनुपर्छ भनेर लेखेको कतै पनि देखेको छैन ।
पहिचानवादीहरुले कहाँकहाँ विभेदको पहिचान गरेत्यो मलाई थाहा छैन । हिजो केही तत्व र ठूलाठालुहरुले जात र धर्मको आधारमा गरेको विभेदलाई आज तिनै जातको कारणले गर्दा मेरो पहिचान गुम्यो भन्नु कति जायज़ हो सीमित जातका मान्छेहरुले सत्तामा गरेको रजाइँलाई बाहुनवादसँग जोडेर मलाई समेत शासक बनाइन्छ भने होम बाहुन नै हो र बाहुनवादी हो ।
मलाई सम्झना छ
मैले हात्तीछाप चप्पलमा कपडाको तुनो हालेर,पछाडितिर फाटेको घुँडे कट्टुलाई भोटोले छोपेर स्कूल जाँदै गर्दा बाटैबाट भागेर कोही माछा मार्न जान्थे । कोही हाफ छुट्टीमा भागेर चलचित्र हेर्न पुग्थे । तिनीहरु नै आज राजनीतिमा नेता र आरक्षणको कोटामा हाकिम भइरहेको देख्दा यो पहिचान भन्ने शब्द पनि मलाई हास्यास्पद लागेको छ । कहिलेकाहीँ यस्तो लाग्छ, बाहुनको कुलमा जन्मनुमा मेरो के दोष ?
बाहुनक्षेत्री कहाँको : विदेशको !
आजभोलि बाहुनक्षेत्रीलाई शरणार्थी भन्नेहरु सामाजिक सञ्जालमा बग्रेल्ती भेटिन्छन् । प्रविधिले सारा विश्व एकै ठाउँ ल्याइदिँदा सयौं वर्षसम्म समाजमा सँगै बसेकाहरु कसैको प्रायोजित नारामा शरणार्थी बनाइँदा आरोप लगाउनेहरु कुन बेला त्यहीँको धर्ती धाँजा फाटेको बेला फुत्त निस्केका हुन्,जान्न पाए हुन्थ्यो ! अनि फेरि ती धर्तीपुत्रहरुले आफ्नै शरणमा आएका शरणार्थीहरुलाई किन शेरबन्न दिएका होलान् त ?
हो, बाहुन भएकै आधारमा म कसैलाई भेदभाव गर्दिनँ । सबैले बाहुनले जस्तै जनै लगाउनुपर्छ म भन्दिनँ । कसैको जात, पेशा र स्तर हेरेर मैले भेदभाव गर्न हुन्न र गर्दिनँ । मैले कसैको भाग हडपेको पनि छैन, हडप्नेको म धुवाँधार विरोध गर्छु । तर,बाहुनको नश्लमा पैदा हुँदैमा म कसरी शासक भएँ, शरणार्थी भएँ र एलिट भएँ के सत्तासीन मेरो जातका मान्छे भएकै आधारमा मैले त्यसको क्षतिपूर्ति दिनुपर्ने ?  हुरी चल्यो भन्दैमा धुरीलाई सराप्ने कि धुरी बलियो बनाउने ?
हो, म बाहुन हो !
म बाहुनको संस्कार अनुसार लगाउनैपर्ने जनै लगाउँछुयो मेरो पहिचान हो । अरुको पहिचान क़ायम गर्न मैले मेरो जनै फालेर या नफालेर अरुको जायज या नाजायज आन्दोलनको समर्थन या विरोध पनि गर्नु छैन ।
जनै मेरो विश्वास होअनुशासन होसंस्कार हो । यसको लाज बचाउन म सधैं प्रयासरत हुन्छु र हुनुपर्छ । तर, मैले जनै धारण गरेकै आधारमा मैले अरुलाई सानो जात र वर्ण भनेर भेदभाव गरेकै छैन,गर्नेलाई पनि मन पराउँदिनँ ।
जनै धारण गरेर मेरा पितापुर्खाले कसैलाई गरेको भेदभावको लागि म क्षमा माग्छु । तर, मैले लगाएको जनै देखेर कसैले गिज्याउँछ भने म गर्वका साथ भन्छु, म बाहुन हो ! मेरा पितापुर्खाले जानेरनजानेर गरेको गल्तीको मैले क्षमा माग्दा पनि मलाई अझै होच्याइन्छ भने हो, म बाहुनवादी नै हो ।
मेरो विश्वास
बाहुन भएकै आधारमा कुनै दलितलाई म मन्दिर पस्न दिनु हुन्न भनेर अड्डी कस्दिनँ । उसले छोएको पानी पिउन हुन्न भनेर नाराबाजी गर्दिनँ । मान्छेलाई पशुलाई भन्दा तल्लो व्यवहार गर्ने जातीय प्रथाको म घोर निन्दा गर्छु । तर, मैले समावेशी हुनैपर्छ भनेर गोरुको मासुसुँगुरको मासु र भैंसीको मासु वा खसीबोकाकै मासु खानुपर्छ भन्ने केही छैन ।
हिन्दु संस्कारका नराम्रा पक्षलाई बोकेर म कसैमाथि दमन गर्दिनँ । तर, मेरो राम्रो र कसैलाई हानि नगर्ने संस्कारमेरो विश्वास र मेरो भगवानलाई कसैलेकिन मान्छस्छाड्दे भन्छ भने मैले दृढताका साथ भन्नै पर्छ, हो म बाहुन हो र बाहुनवादी नै हो ।
मैले बाहुनवादलाई दमनभेदभाव र कपटको रुपमा हैन,विद्वतापरोपकारिता र मानव कल्याणको रुपमा लिन्छु । मैले अरुको धर्मको विरोध नगरी आफ्नो धर्मको सुन्दर पक्षलाई आत्मसात् गर्दा मलाई बाहुनवादी कसैले भन्छ भने हो, म बाहुन हो । मलाई बाहुन भएकोमा गर्व छ ।
संविधानले अधिकार मात्रै होइनकर्त्तव्य पनि दिएको छ । म आफ्नो अधिकार प्राप्तिका लागि कसैको खुसीलाई बलि चढाउँदिनँ । तर, कसैले मेरो र बहुसंख्यकको अधिकारमाथि जबर्जस्ती धावा बोल्न खोज्छ भने मैले दृढतापूर्वक भन्नैपर्छ, हो म बाहुन हो र यसलाई अनर्थ लगाइन्छ भने म बाहुनवादी नै हो ।
मेरो निष्कर्ष
मेरो बुझाइमा पहिचान त अब गरिबीअशिक्षा,बेरोजगारी,अन्याय र अत्याचारको गर्नुपरेको छ ।विश्वले चन्द्रमा चुमेको यतिका वर्ष हुँदा हामी चाहिँ जात र भातको बखेडा निकालेर,क्षेत्रको बबन्डर मच्चाएरएकले अर्कालाई दोषारोपण गरेर टिकिरहेका छौं ।
समाजको विकासको बाधक बनेको जाति प्रथालाई झन् बल्झिने गरी कडा हैन, बरु मैले जस्तै नरम व्यवहार गरेर सबैले सबैको धर्मको सम्मान गरे पो समृद्धिको चुचुरो चुम्न सकिएला । नत्र त खोइ कुन्नि!
(यो लेखकको निजी विचार हो ।)

कति उमेर पुगेका महिलाहरुमा यौन चाहाना धेरै हुन्छ जानीराखौ !

यस्तो कौतुहलता प्राय: सबै पुरुषमा हुने गर्दछ । त्यसैले पुरुषहरुलाई लक्षित् गर्दै नयाँ सर्वेक्षणले २० वर्ष उमेरभित्रक महिलाहरुमा यौन चाहना उच्च रहने सार्बजनिक गरेको छ ।

भिटामिन कम्पनी हेल्थ स्पानले ल्याएको यो नयाँ रिर्पोटले यस्तो यस्तो जानकारी गराएको छ । यसअघि महिलाहरु ३५ देखी ४० वर्षसम्म यौन सम्बन्ध राख्नका लागि लालयित रहने र त्यतिबेला उनीहरुमा सम्बन्धलाई लिएर उच्च आत्मविश्वास तथा इच्छाशक्ति रहने जनाइएको थियो ।

तर, नयाँ सर्वेक्षणले उमेर बढ्दै गएसँगै महिलाहरुले बेडरुममा असुरक्षित महसुस गर्ने तथ्य बाहिर ल्याएको छ ।

बढ्दो उमेरसँगै महिलाहरु आफूलाई नराम्रो ठान्ने गर्दछन् । त्यस्तै २० वर्षसम्म उनीहरुसँग यौन शक्ति पर्याप्त रहने पनि सर्वेक्षणमा जनाइएको छ ।

नयाँ सर्वेक्षणमा ३० वर्ष कटेका केही महिलाले आफूलाई आर्कषक महसुस नगर्ने बताएका थिए भने दुई तिहाईले यौन सम्बन्धको इच्छा नरहेको बताएका थिए ।

२० वर्षभन्दा कम तथा २५ वर्षभित्रका महिलाहरुले भने यौन इच्छाशक्ति बलियो रहेको प्रतिक्रिया दिए । रिर्पोटमा जनाइएअनुसार ४१ देखी ४५ वर्षको उमेर यौनका लागि सबैभन्दा नराम्रो उमेर मानिन्छ ।

Saturday, 4 March 2017

बजारमा आइपुग्यो शाकाहारी कण्डम, के–के छ फाइदा ?

बजारमा विभिन्न खालका कण्डम पाइन्छन् । युवा युवतीले ती कण्डमलाई खपत पनि गरिरहेका छन् । तपाईलाई अनौठो लाग्न सक्छ । बजारमा अब ‘शाकाहारी’ कण्डम पनि पाइनेछ ।

सस्टेन नेचुरल ब्रान्ड नामबाट ‘शाकाहारी कण्डम आएको हो । कुनै पनि जनावरको उत्पादन प्रयोग गर्न अस्विकार गर्ने शाकाहारीका लागि उक्त कम्पनीले सस्टेन कण्डमको क्यासिन ल्याएको दाबी गरेको छ ।

क्यासिन एउटा यस्तो मिल्क प्रोटिन हो जसको प्रयोग साधारणतया अन्य ल्याटेक्स कण्डममा हुने गर्दछ । यसका साथै यो कण्डम पर्यावरण अनुकूल पनि छ । यो कण्डमको प्रयोगपछि यसलाई फ्क्दा यसले माटोलाई विषालु बनाउँदैन ।

सस्टेन न्याचुरलका सह–संस्थापक मिका होलन्डर भन्छन्, ‘सस्टेन कण्डममा प्रयोग हुने ल्याटेक्स दक्षिण भारतमा बनाइने रबरबाट बनाइएको हो ।’

उनका अनुसार साधारणतया मानिसहरू आफ्नो खाना र मेकअपमा प्रयोग हुने सामग्रीको विषयमा सचेत हुने गर्दछन् । तर, कण्डमजस्तो उत्पादनको विषयमा उनीहरू सचेत हुँदैनन् जसको प्रयोग हाम्रो शरीरको सबैभन्दा अन्तरंग अंगमा हुने गर्दछ ।
नाइट्रोसमिन क्यान्सर जन्माउने एक सामग्री हो जसको प्रयोग अन्य साधारण कण्डमको ब्रान्ड र मेकअप सामग्रीमा हुने गर्दछ । सस्टेन कण्डम नाइट्रोसमिन मुक्त छ । – एजेन्सी

कतारमा केरा भित्र एच आइ भी किटाणु भेटियो ? यस्तो छ वास्तविक तथ्य

कतारमा केरा भित्र एच आइ भी किटाणु भेटियो ? यस्तो छ वास्तविक तथ्य
तपाईले कतारमा HIV भएको केराको बारेमा हल्ला चलेको थाहा पाउनु भयो ? आजभोलीको जमानामा कसैलाई बेबकुफ बनाउन एकदमै सजिलो भएको छ ! इन्टरनेटको माध्यम द्वारा मान्छेलाइ सजिलै बेबकुफ बनाउन सकिन्छ ! केहिदिन पहिले कतारमा सुनामी आउने र कतारलाई ठुलै क्षतीहुने बारेमा सामाजिक संजालमा अफवाहनै फैलिएको थियो भने आजभोली आएर इन्जेक्शन द्वारा एच आइ भी को किटाणु केरा भित्र राखेर बिक्रि वितरण भैरहेको हल्लाले कतारको सामाजिक संजाल तातिएको छ !

कतारमा सुनामी आउने भन्ने हल्ला भने ह्वाटसप सामाजिक नेटवर्कमा अत्याधिक चर्चा पाएको थियो तर यसपाली भने फेसबुक लगाएतका विभिन्न सामाजिक संजालमा हल्ला फैलिएको थियो !कतार सरकार सामाजिक स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा अरबी भाषामा भनेको छ, सामाजिक संजालमा चर्चा चलिरहेको एच आइ भी किटाणुले भरिएको केरा बारे कसैलाई विस्वास नगर्न भनेको छ ! उक्त अफवाहको सत्य तथ्य पत्ता लगाउन कतार सरकार विशेषज्ञनै खटाएको थियो !


विशेषज्ञको भनाइ अनुसार, केरा भित्र देखिने रगत जस्तो तत्व सामान्य फंगल संक्रमण भएर त्यस्तो देखिएको अथवा केरामा मिनिरल्सको कमीले गर्दा कलर परीवर्त भएकोले त्यस्ता हावादारी कुराहरुमा विस्वास नगर्न विशेषज्ञहरुले सुझाव दिएका छन् ! अरबी पत्रिका दि पेनिन्सुलाले जनाय अनुसार, सामाजिक संजालमा फैलिएको मेसेज केरा भित्र रगत रातो रंगको HIV का किटाणुले भरिएको र उक्त केरा कसैले नखान भनि भनिएको थियो !

Friday, 3 March 2017

सायद तिमिले त बिर्सियौ होला यो मेरो शरीरको एक थोपा रगत हो भनेर ! बिगतलाई एकचोटी फर्केर हेर !अनि ईश्वरलाई साक्षी राखेर भन कहि मैले गलत त गरेको छैन भनेर ! 

सत्य घट्ना
सायद तिमिले त बिर्सियौ होला 
यी मेरो शरीरको एक थोपा रगत
 हो भनेर ! बिगतलाई एकचोटी 
फर्केर हेर !अनि ईश्वरलाई साक्षी 
राखेर भन कहि मैले गलत त गरेको 
छैन भनेर ! जोसको बेला होस 
हुदैन भन्छ्न तर गल्तिलाई स्वीकार 
गर्नै पर्छ अवश्य एकदिन !

तिमिले त मलाई जेम्स नामले परिचय 
दियौ तर प्रदिप लिम्बू रहेछ असलि 
नाम !कन्य हो भन्यौ तर बिबाहित
 रहेछौ! झापा सुब्बा चोक घर बतायौ 
तर गाउँ त पाचथर रहेछ! जुनदिन 
देखि मलाई तिमिले झुटो मायामा 
सपनाको महल सजाउन सिकायौ म 
पल पल तिमिलाई नै सम्झी रहे ! अनि 
तिम्रै मायामा दिन रात जलि रहे 
जलि रहे !जुन दिन तिमिले म सानो 
१५ बर्षा को केटि देखेर त्यो इलामको 
एउटा होटलमा बोलाइ जे गर्यौ त्यो 
मेरो इच्छा बिपरित थियो ! तिमिले
 मलाई डर धम्की अनि मेरो भेना त
 ज्यानमारा पनि भनेको याद छ !
सायद यो कुरो तिमी र म अनि ईशर 
बाहेक कसैलाई थाह छैन ! यति कुरो 
जान्दा जान्दै नि तिमिले मलाई 
एकदिन पनि कस्तो छौ भनेर मेरो 
बारे बुझ्नु चाहेनौ मेरो पेटमा तिम्रो 
नासो बसि सकेको रहेछ मलाई त 
पछि मात्रै थाह भयो ! त्यस पछि 
मलाई गाउँ समाजले गाउँ निकाला 
गर्ने भयो अनि तिमिलाई फोन गरे
 तिमिले फेरि इलाम बजार बोलायौ 
म गाउकै तीन जना साथिहरु लिएर 
आए तर तिमिले म गर्भवती जिउ
 देखे पछि टाप कस्यौ आखिर किन 
यस्तो गर्यौ मलाई मेरो नि कति 
रहरहरु थियो होला !

मेरो यो जुनिको सपना चक्ना चोर 
बनाइ दियौ तिमिले !धिकार छ 
तिमिलाई सगै मर्ने संगै जिउने खै 
तिम्रो बाचा कसम कहाँ गयो !तर 
प्रदिप भागेर कहाँ जान्छौ!मेरो 
जीवन रहुनजेल तिमिलाई खोजी 
रहनेछु ! आखिर मलाई त मेरो जन्म 
दिने आमा बाबा बहिनिहरुबाट 
समाजले घर गाउँ निकाला गर्यौ 
भने यो भन्दा ठूलो पाप तिमिलाई 
के हुन्छ र?? मैले तिमिलाई कहाँ 
कहाँ खोजिन र प्रशासन कति 
कति धाए देखेर चिनेको महिला 
दिदी बहिनिहरुलाई दुख पोखाए 
तर अन्न्यायमा परेकोलाई कहाँ छ
 र न्याय खै मैले त पाउन सकिन 
न्यायलय भनेको त मैले त उल्टै 
अन्न्याय पो सहनु पर्यो ,फिदिमको 
तिम्रो दिदी भेनाको घरमा गएर 
सबैकुरो सुनाए भाइ भागेर कोईला
 खानी गाको छ पछि सुतकेरी खर्च 
दिन्छौ भन्यो ! तर दिदी भेना पनि 
सम्पर्क बिहिन भयो !त्यस बेला त 
म इलाममा मेरो बडि बा बडिमाको 
संरक्षणमा रहँदै आए को थिए 
त्त्यस अघि नै २०७२फागुन
 महिनामा आफन्तहरुले बाबू 
बिनाको बच्चा जन्माउन हुदैन 
भनेर गाउँ निकाला गरिसकेको 
थियो मलाई ! अनि केही महिना 
पछि इलाम अस्पतालमा नानी भयो ! 
त्यस पछि एक महिनाको नानी 
लिएर गाउँ गए केही दिन नहुदै 
घर छोड्नु बध्य बनायो मलाई !
फेरि इलाम बडाकोघरमा आए 
अनि बडिमाले काठमाडौमा 
एउटा संस्था चिन्नु भएको रहेछ 
त्यही कुरो मिलाएर पुराउनु भयो 
म त खुशी छु खानु लाउनु दिनु
 भएको छ केही सीप सिकाउनु
 भएको छ !तर कति दिन यहाँ
 रहने नानिले दिन दिनै बाबा 
खोज्ने बेला भै सक्यो मैले के 
उतर दिने दुख लागेर आउँछ!
तिमी जहाँ भए पनि मलाई होइन 
तिम्रो एक थोपा रगत यहाँ छुटेको
 छ प्रदिप लिनु आउ है ! 
निलम राई

Thursday, 2 March 2017

मलेसियाबाट चीनको सिगात्से हुँदै काठमाडौंसम्म रेल ल्याउन सकिन्छ।

काठमाडौं – राजधानीमा बिहीबारबाट सुरु भएको नेपाल लगानी सम्मेलनमा मलेसियाबाट नेपालसम्म रेल सञ्जाल विस्तार गर्ने प्रस्ताव आएको छ। मलेसियाका पूर्वयातायातमन्त्री डा. एम केभासले क्वालालम्पुरबाट काठमाडौंसम्म रेल सञ्जाल विस्तार गर्न प्रस्ताव गरेका हुन्।
पूर्वाधारमा ठूलो रकम खर्चिनुपर्ने बेला आएको बताउँदै उनले दुई देशलाई रेल सञ्जालले जोड्न मलेसिया सकारात्मक रहेको बताए। उनका अनुसार मलेसियाबाट चीनको सिगात्से हुँदै काठमाडौंसम्म रेल ल्याउन सकिन्छ। पच्चीस वर्षपछि नेपालमा भएको लगानी सम्मेलनका मुख्य वक्ता भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालको प्राकृतिक स्रोतसाधनमा लगानीको ठूलो अवसर रहेको उल्लेख गर्दै ऊर्जा, कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा विदेशी लगानी भित्र्याउन सुझाव दिएका छन्। जेट्लीले नेपालको आर्थिक विकासका लागि ठूलो लगानी आवश्यक रहेकोसमेत औंल्याए।
‘भारतले खुला अर्थनीति अवलम्बन गर्‍यो । निजी क्षेत्रलाई लगानीको बाटो खुला गर्‍यो । विदेशी लगानीलाई सहज बनायो। स्वदेशी-विदेशी लगानी बढेपछि भारत आर्थिक विकासमा अगाडि बढ्न सकेको हो’, जेट्लीले भने, ‘नेपालको समृद्धिका लागि पनि बढीभन्दा बढी लगानीको आवश्यकता छ।’ लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण बनाउने उनको विश्वास छ। साढे दुई सय विदेशी लगानीकर्तासहित हजारजनाभन्दा बढी सहभागी सम्मेलनको उद्घाटन राजधानीमा एक भव्य समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए।
प्रधानमन्त्री दाहालले संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै सरकारले मुलुकको समृद्धिका लागि विदेशी लगानी भित्र्याउन उपयुक्त वातावरण बनाएको बताए। लामो समयको द्वन्द्वपछि मुलुक विकासको चरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वानसमेत गरे। ‘मुलुकमा लगानीमैत्री वातावरण बनाउन सरकार हरसम्भव प्रयासरत छ’, उनले भने, ‘नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बनाउन लगानी सम्मेलन गरिएको हो।’
उनले विदेशी लगानीका लागि सरकारले सबै प्रक्रिया सहज बनाइदिने प्रतिबद्धता जनाए। आर्थिक मुद्दामा सबै राजनीतिक दलको एकमत रहेको हुँदा लगानी सुरक्षाका विषयमा निश्चिन्त रहन उनको आग्रह छ।
rip--चुनाव भनेको निश्चित समयका लागि मात्र हाे ।। जुन फेरि पनि आउँछ जित्न सकिन्छ ।। चुनावलाई  आफ्नो अमुल्य जिन्दगी संग  सम्झौता गरेर हरेस खानु  कदापि राम्रो होइन  ।।।
निशब्द बने !!!!
स्याङ्जा  सिद्धार्थ क्याम्पस फेदिखोला स्वबियु सभापती नेबिसघंका उम्मेद्वार रिमा क्षेत्री ले पराजयको सामान्य  पक्षलाई स्वीकार गर्न  नसक्दा आत्महत्या गरेको खबरले।।।
हजार सपना बोकेकी यी बहिनी किन र कस्को दवाबबाट बिचलित भइन ??? चुनावमा उठाउन उक्साउने र नतिजा पछि सम्झाउन नखोजेका कारणले कतै यो हुन गएको त होइन ??? यो खोजीको बिषयहुनु पर्छ । हार्दिक श्रदान्जली रिमा !!!