वि.सं. २०७४ साल बैशाख १७ गते आईतबार तदानुसार इश्वी सन २०१७ अप्रिल ३० तारीख
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मित्रजनको सामिप्यताले सामान्य यात्राको योग निमत्याउनेछ । अध्यान अध्यापन तर्फ समय सक।रात्मक देखिदैन । परोपकारजन्य कार्यमा रुचि जाग्नेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ । जिवन साथिको सहयोगमा आम्दानि क्षेत्र सफल रहनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खानपानको क्षेत्रमा बिशेष सावधानि अपनाउनु पर्ने समय रहेको छ । पारीवारिक साथसहयोगमा कमि महसुस हुनेछ । बौधिक बिकाशमा जुट्ने समय रहेको छ । स्वास्थ क्षेत्रमा देखापरेको समस्या झन जटिल बन्न सक्नेछ । सामान्य यात्रा पश्चात सभासमेलनमा सरिक हुने अवशर जुट्नेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पारीवारिक कलहका कारण मानसिक तनावको सामाना गर्नु पर्ने समय रहेको छ । मित्रजनको अधिक सामिप्यता उत्तम नरहला । जिवन साथीको अग्रसरतामा ब्यापार ब्यवसाय फस्टाउने योग रहेकोछ । शारिरीक आलस्यताले गर्दा कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बाणीको गलत अर्थ लगाउन प्रतिपक्क्षीहरु सबल रहनेछन । प्रियजन सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । पारीवारिक झोरझमेलाको सामना गर्नु पर्नेछ । दाम्पत्य सम्बन्ध सुधारका निम्ती सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ । तात्कालिन आर्थिक अभाब देखा पर्नेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आत्मबलमा बृद्धिहुनाले कार्य सम्पादनमा सहजता रहनेछ । खोज तथा अनुसन्धानात्मक कार्यमा समय ब्यतित रहनेछ साथै आर्थिक क्षेत्र सबल रहनेछ । कुलकुटुम्बको साथ सहयोगमा बृद्धि हुनाले मन प्रशन्न रहनेछ । पठनपाठनका क्षेत्रमा समय उत्तम रहनेछ ।
कन्यामा राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । शारिरिक आलस्यता ले सताउने छ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरुद्वारा सम्पादीत कार्यबाट यथेष्ट फाइदा लिन सकिनेछ । बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन् । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ लिन सकिनेछ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनेछ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला