यहाँ थिच्नुहोस

Tuesday, 23 May 2017

के-केमा गरिन्छ अल्ट्रासाउन्ड ? यी कुरामा ध्यान दिऊँ ।

के-केमा गरिन्छ अल्ट्रासाउन्ड ? यी कुरामा ध्यान दिऊँ ।
डा. पूजा अग्रवाल, रेडियोलोजिस्ट, नर्भिक अस्पताल ।
२०७४ जेठ १ सोमबार ।

शरीरका भित्री अंग र त्यसमा देखिएको समस्याको जाँच गर्ने विधि हो, अल्ट्रासाउन्ड। 'अल्ट्रासाउन्ड स्क्यानिङ'लाई 'सोनोग्राफी' जाँच पनि भनिन्छ। यो जाँच मानिसले सुन्न नसक्ने 'अल्ट्रासोनिक वेभ' (ध्वनि तरंग) शरीरभित्र पठाएर गरिन्छ।

यो विधि सबैभन्दा सुरक्षित जाँच मध्येमा पर्छ। यसले शरीरमा कुनै किसिमको असर गर्दैन। 'प्रोब्स'को माध्यमबाट अल्ट्रासाउन्ड वेभ शरीरभित्र पठाइन्छ र ती वेभ भित्री अंगमा ठोक्किएर प्रोब्समै फर्किन्छ र 'मोनिटर'मा तस्विर देखापर्छ। अल्ट्रासाउन्ड गर्दा प्रोब्सको टुप्पोमा एक प्रकारको जेल (चिल्लो पदार्थ) राखिन्छ। जेलले बिरामीको छाला र प्रोब्सको बीच भागमा हुने हावालाई हटाउन मद्दत गर्छ। यदी बीचमा हावा रह्यो भने ध्वनी तरंग राम्रोसँग शरीरभित्र जान पाउँदैन।

यस्ता समस्यामा अल्ट्रासाउन्ड गर्ने ?
अल्ट्रासाउन्डले पेट सम्बन्धी समस्या, कलेजो, फोक्सो, मिर्गौला, पित्तथैली, पिसाब थैली, छालाको भित्री भाग तथा घाँटीको ट्युमर, थाइराइड र ग्रन्थीहरुको समस्या हेर्न मद्दत पुग्छ। त्यस्तै, गर्भवती वा सुत्केरी महिलाको पाठेघर जाँच र ६ महिनासम्मको बच्चाको मस्तिष्कको भित्र भाग पनि अल्ट्रासाउन्डबाट हेर्न सकिन्छ। तर, अल्ट्रासाउन्डबाट आन्द्राको भित्र भाग, आन्द्राको घाउ वा अल्सर भए/नभएको भने  हेर्न सकिँदैन। यसका लागि भने 'इन्डोस्कोपिक' जाँच गर्नुपर्ने हुन्छ। अल्ट्रासाउन्ड 'बायोप्सी'का लागि पनी प्रयोग गर्न सकिन्छ। कहिले काहीँ भित्री अंगको बायोप्सी गर्नुपर्ने भएमा अल्ट्रासाउन्डको माध्यमबाट सानो सुइले  सम्बन्धित अंगको मासुको टुक्रा निकाल्ने काम पनि गरिन्छ।

अल्ट्रासाउन्ड गर्नुअघि ध्यान दिनुपर्ने कुराः ।
१. पित्तथैलीका लागि ६ देखि ८ घण्टासम्म खाली पेट बस्ने।

२. पित्तथैलीको शल्यक्रिया भएकाहरु र गर्भवती महिलाले खाली पेट बस्नुपर्दैन।

३. पिसाब थैली, पाठेघर र प्रोस्टेट हेर्नका लागि सादा पानी र कालो चिया पिउने अनि पिसाब च्याप्ने।

४. बच्चाका लागि २ देखि ४ घण्टा खाली पेट राख्नुपर्ने हुन्छ।

केराको फूल (बुङ्गो) खानुका अपत्यारिला फाईदाहरु

केराको फूल (बुङ्गो) खानुका अपत्यारिला फाईदाहरु

केरा खान सबैलाई मन पर्ने फलफुल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाईदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाईन्छ । केराको फाईदाको बारेमा सबै जानकार भएपनि त्यसको फूलको फाईदा भने सबैलाई थाहा नहुन सक्छ । झरेर, कुहिएर जाने केराको फूल समेत मानव स्वास्थ्यको लागि अति नै फाईदाजनक छ । आउनुहोस केराको फूलको उपयोगिता बारे चर्चा गरौँ ।

१. रक्तअल्पताको उपचार स् केराको फूलमा अत्यधिक आईरनको मात्रा पाईन्छ । यसमा पाईने आईरनले रक्त सेल स्वस्थ राख्न एकदमै मद्धत गर्छ । तसर्थ केराको फूलको नियमित सेवनले रक्तअल्पताबाट बच्न त सकिन्छ नै रक्तअल्पताको उपचार समेत हुन सक्छ ।

२. महिनावारी नियमित गराउँछ स् शरिरमा हर्मोनको कारण महिलाहरुमा महिनावारी अनियमित हुने गर्छ । यदि महिनावारी अनियमित छ भने केराको फूल सेवन गर्नुहोस, यसले नियमित महिनावारी त गराउँछ नै, तल्लो पेटको दुखाईमा आराम मिल्नुका साथै अत्यधिक रक्तश्राव समेत रोक्दछ ।

३. डायविटिजको उपचार स् अनुसन्धानबाट पत्ता लागेको छ की केराको फूलको नियमित सेवनले ब्लड सुगरको लेभल कम राख्छ र डायविटिज हुनबाट बचाउँछ ।

४. आमाको लागि लाभदायक स् केराको फूल सेवनले आमाको दुधमा पाईने पोषक तत्व वृद्धि गराउँछ । दुधको मात्रा समेत बढाउँछ ।

५. मुत्र स्वास्थ्यमा सहयोग स् केराको फूलमा आईरन, क्याल्सियम तथा कपर हुन्छ जसले मुत्र संक्रमण हटाउँछ । यहाँसम्म की मुत्र संक्रमणबाट समेत जोगाउँछ । यसको नियमित सेवनले पेल्भिक एरियाको मजबुत बनाउनुको साथै प्रजनन क्षमतामा समेत बृद्धि गर्छ ।

६. कब्जियतबाट राहत स् फाइबर युक्त केराको फूल सेवन गर्नाले कब्जियतको समस्या हटाउँछ ।

७. सुन्निने र जलनको उपचार स् एन्टिव्याक्टेरियायुक्त केराको फूल सेवन गर्नाले शरिर सुन्निने र जलनको समस्या पनि हटाउँछ ।
स्रोत :- News24 nepal बाट

Friday, 19 May 2017

बिदेश जानेले घरमा श्रीमती छ भनेर ढुक्क नहुनुहोस ।


प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका हुन्छन । तर सामाजिक र मनोवैज्ञानिक रुपमा परिवार सुरक्षित छन् छैनन् भन्ने कुरा चाहिँ उनीहरुले ख्याल गरेका हुँदैनन् ।
प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका हुन्छन । तर सामाजिक र मनोवैज्ञानिक रुपमा परिवार सुरक्षित छन् छैनन् भन्ने कुरा चाहिँ उनीहरुले ख्याल गरेका हुँदैनन् ।




कतिपय भर्खरै विहे गरेर वा साना बालबच्चा भएका श्रीमती छाडेर विदेश जान्छन् । जबकि त्यो बेला महिलाले श्रीमानबाट मनोवैज्ञानिक र सामाजिक सुरक्षा चाहन्छन् । त्यो कुरा नभइदिँदा बिस्तारै ती महिलालाई मलाई सुरक्षा गर्ने मानिस नै रहेनछ भन्ने लाग्न थाल्छ ।





सँगसँगै हाम्रा सामाजिक सांस्कृतिक कुराहरु पनि छन् । कतिपय सासु ससुरा र अरु सदस्य भएका संयुक्त परिवारमा नै बस्छन् । परिवारका सदस्यहरुसित मनमुटाव हुनसक्छ । महिलाले विभिन्न लाञ्छनाको सामना गर्नुपर्ने हुन्छ । परिवारले गर्ने भेदभावका कारण परिवार छाडेर हिँड्ने समस्या पनि बढिरहेको छ ।




साथसाथै बुबा घरमा नभएको र आमाले राम्रोसँग हेरबिचार गर्न नसक्दा बालबच्चाले पढाईलाई पनि निरन्तरता दिन सकेका हुँदैनन् । कम उमेरमा विवाह गर्ने समस्या पनि देखिएको छ । महिला र बालबालिका रोगबाट ग्रसित भएको पनि पाइएको छ । त्यस्तो अवस्थामा उपचारका लागि पैसा धेरै खर्च हुन्छ ।




विदेशमा भएका श्रीमानले उचित समयमा पैसा नपठाइदिने वा नपठाइदिने समस्या छ । फोनमा पनि कुराकानी नहुने । यस्ता खालका कुराहरुले नेपालमा भएका श्रीमती, बालबच्चा वा घरका अन्य सदस्यलाई पनि समस्या पर्छ ।




बच्चाका लागि आमाबुबा दुवै महत्वपूर्ण हुन्छन् । परदेश जानेले श्रीमती छँदैछे नि भनेर अरु कुरा ख्याल गर्दैनौं । एकजनाले हेरे भइहाल्यो नि भन्ने पनि हुन्छ । तर, घरमा समस्या पर्दा श्रीमानले जति छिटो समस्या समाधान गर्न सक्छ, श्रीमती नगर्न पनि सक्छ ।




मानिसले भौतिक कुराको मात्रै आवश्यकताको आधार बनाएको छ । पैसा वा घर भयो भने सबै सुविधा हुन्छ भन्ने बुझेको हुन्छ । सुख सुविधाका लागि भौतिक अवस्था यौटा पाटो हुनसक्छ । तर मनोवैज्ञानिक रुपमा एकजना मानिसको उपस्थिती पनि उत्तिकै महत्वपूर्ण हुन्छ । एकअर्कालाई दिने समय भनेको पनि धेरै ठूलो लगानी हो ।





कोही व्यक्ति विदेशमा छ भने उसले घरपरिवारलाई कहाँ, कति समयका लागि छाड्ने भन्ने ख्याल गर्नुपर्छ । घरपरिवारबाट आउन सक्ने लाञ्छनाका विषयमा पनि सोचबिचार गर्नुपर्छ । यी कुरा घरपरिवारमै बसेर छलफल गर्दा राम्रो हुन्छ । विदेश जानुअघि नै यस्ता कुराको तयारी भयो भने अहिले देखिएका समस्या आधा कम हुन्छन् ।





श्रीमान विदेश गएको गएको छ भने जन्मान्तर हुने नै भयो । विदेशमा काममा नै केन्द्रित हुनुपर्छ । पैसा कमाएर कसलाई पठाउने भन्ने कुरामा पनि अन्योल विदेशमा बस्नेहरुलाई हुन्छ ।





५/६ वर्षसम्म विदेश बस्दा समयको अन्तर पनि त हुने भयो । त्यो समयअन्तरले धेरै कुरालाई प्रभाव पारेको हुन्छ । त्यसकारण परिवारमा द्वन्द्व भएको छ । धेरै किसिमका समस्याको सामना पुरुषले पनि गरिरहेका छन् । चिन्ताका कारण प्रगति गर्छु, सम्पत्ति जोड्छु भन्ने कुरा नै पूरा गर्न नसक्ने अवस्था हुन्छ ।





एउटा व्यक्ति अर्को व्यक्तिसित शारीरिक रुपमा नै टाढा रहन्छ भने उसले जीवनमा भएको समस्या या खुशीका कुरा बाँड्न पाइरहेको हुँदैन । उमेर बढिरहेको छ, बालबच्चा हुर्किरहेका छन् । तर एकअर्कामा कुरा बाँड्न नसक्दा आफ्नै श्रीमान वा श्रीमती पनि नौलो हुनसक्छ ।





मान्छे नै फरक लागेपछि उसले गरेको कुराकानी पनि फरक जस्तो लाग्न थाल्छ । सँगै हुँदा कुराकानी भएपछि समस्या समाधान हुँदै जान्थ्यो । चारपाँच वर्षपछि सम्बन्ध सुधार गर्न खोजे पनि सुधार हुन मुश्किल हुन्छ । त्यै भएर वैदेशिक रोजगारीसित सम्बन्धित भएका व्यक्तिहरुमा आजकाल धेरै सम्बन्धविच्छेदका घटना भइरहेका छन् ।






धेरै वर्षपछि भेट हुँदा आपसमा नौलो लाग्नु स्वभाविकै हो । नौलो हुन थालेपछि मनमुटाव सुरु हुन्छ । मनमुटाव सहित किन सम्बन्धलाई अघि बढाउने भन्ने कुराले पनि सम्बन्धविच्छेद हुने क्रम चाहिँ बढिरहेको छ ।







आत्महत्या विश्वमै जटिल विषय बनेको छ । व्यक्तिलाई दुःख भएको, मेरो जीवन नै के रहेछ र ? भन्ने महसुस हुन थाल्यो भने त्यसपछाडी धेरै कुरा हुन सक्छन् । मानिस निरास हुन थाल्छ । त्यसले आत्महत्याको अवस्थासम्म पुर्‍याउँछ ।








यस्तो बेलामा घरपरिवारका सदस्य र साथीभाइले विचार गर्न सक्छन् । आत्महत्या गर्न खोज्ने व्यक्तिले आफूलाई मर्न मन लागेको कुरा कुनै न कुनै रुपमा भनिरहेका हुन्छन् । ह्या बाँचेर के छ र ? मलाई मर्न मन लाग्यो, जीवन के हो र ? भन्ने जस्ता कुराहरु कुराकानीका क्रममा उसले भनिरहेको हुन्छ ।






कोही मानिस एक्लै बस्न थाल्यो, खाना राम्ररी खान सकेको छैन भने पनि उसको राम्रोसित ख्याल गर्नुपर्छ । त्यतिबेला विशेषज्ञसित सल्लाह सुझाव लिनुपर्छ । ढिला गर्न हुँदैन ।






विदेशमा बस्नेहरुले घरमा के कस्तो भइरहेको छ भन्ने कुराको विश्लेषण गर्नुपर्छ । कसैको कुरामा लागेर चाहिँ यो सही र उ गलत नभनिदिँदा सहयोग हुनसक्छ । घरका हरेक सदस्यसँग बाक्लो रुपमा कुराकानी गर्नुपर्छ ।









छुट्टि मिलाएर चाँडो चाँडो घरपरिवारसित भेटघाटका लागि आउनुपर्छ । घर आएर पैसाको कुरा मात्रै नभएर आमाबाबु, श्रीमती, बालबच्चाका समस्यालाई समाधान गर्न आग्रसर हुनुपपर्छ । घरपरिवारका सदस्यबिचमा मनमुटाव भए मेरो कारणले त होइन भन्ने कुरामा सचेत हुनुपर्छ ।

Wednesday, 17 May 2017

श्रीमती वा युवतीसँग सेक्स गर्नुअघि यी चार कुराहरु जान्नुहोस् यौनजीवन सुन्दर रहनेछ

सेक्सका बारेमा महिला पुरुष दुबै धेरैभन्दा धेरै कुराहरु जान्न चाहान्छन् । तर उनीहरु कुरा गर्न लजाउँछन् । सुखद दापत्य जीवनको कल्पना गर्न चाहानुहुन्छ भने र परिवारमा आपसी सझदारी बढाउन चाहानुहुन्छ भने यस्ता कुराहरु श्रीमान र श्रीमतीबिच हुनुपर्छ ।


ब्लग लाइक गर्नुहोला



बेडमा भएको बेला मानिसहरु सेक्स गर्न आतुर हुन्छन् । यस्तो अवस्थामा पुरुषले महिला र महिलाले एक अर्कालाई कसरी सुखानुभुत गराउन सकिन्छ त्यसबारे उनीहरुले एकअर्कालाई बुझ्नुपर्छ । युवतीहरुसँग स्ट्रोङ सेक्स गर्न छ भने यी कुराहरु पालन गर्नुपर्छ ।


ब्लग लाइक गर्नुहोला


१. धेरै मानिसहरुलाई लाग्नसक्छ लामो समयसम्म सेक्स गर्यो भने धेरै मज्जा आउँछ । तर तपाईको यो विचारलाई अमेरिकामा रहेको पेन स्टेट विश्वविद्यालयले गरेको एक अध्ययनमा सेक्स १४ देखि १५ मिनेटसम्म उत्तम हुने निष्कर्ष निकालेको छ ।

ब्लग लाइक गर्नुहोला

२. सेक्स गरिरहेको बेला जब महिलाहरु आवाज निकाल्ने गर्छन् उनीहरु आफ्नो सेक्स साथीलाई अर्गाजम झन् धेरै बढाउन कोसिस गर्छन् । यसको अर्थ यो हो कि उनीहरु झन् सुमधुर सम्बन्ध बनाउन चाहान्छन् ।


ब्लग लाइक गर्नुहोला


२. सेक्स गरिरहेको बेला जब महिलाहरु आवाज निकाल्ने गर्छन् उनीहरु आफ्नो सेक्स साथीलाई अर्गाजम झन् धेरै बढाउन कोसिस गर्छन् । यसको अर्थ यो हो कि उनीहरु झन् सुमधुर सम्बन्ध बनाउन चाहान्छन् ।

ब्लग लाइक गर्नुहोला

३. सेक्स गरिसकेपछि नांगै सुत्नु उचित हुन्छ । यदि सेक्स पछि सफा गर्ने काम गरिएन भने त्यसले पछि समस्या ल्याउने अध्ययनले देखाएको छ । यदी तपाईको यौनअंगबाट गनाउने बासनाहरु आएको छ भने तुरुन्त डाक्टरको परामर्श लिनुहोस् ।

ब्लग लाइक गर्नुहोला

४. मिठो निन्द्रा निदाउन हरेक श्रीमान श्रीमती सेक्स गर्ने गर्छन् । डाक्टरले पनि निन्द्रा लाग्दैन भने सेक्सको साहारा लिन आग्रह गर्छन् ।

ब्लग लाइक गर्नुहोला

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

ब्लग लाइक गर्नुहोला

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”






नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

Monday, 15 May 2017

जन्मबार अनुसार मान्छेको स्वाभाब फरक फरक हुन्छ कुन बार जन्मिएका मान्छेसँग कस्ता कस्ता गुण हुन्छन् ?

धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा निकै नै प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ, त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । हुन त यो ज्योतिष बिद्या आफैमा पनि यो उत्कृष्ट बिज्ञान हो तर यसलाई अवमूल्यन गरिदिने काम पनि उत्तिकै भएको छ ।



यो बिज्ञान हो कि अनुमान मात्रै हो, त्यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर यहाँ चाहिँ भारतीय अंक ज्योतिष तथा अनुसन्धानकर्ता श्रीमती ज्योति शर्माले विभिन्न बारमा जन्मेका ब्यक्तिका आचरण, स्वाभाव र भविश्यका बारेमा समेत जानकारी पाएको दावी गरेकी छिन् । तपाईको जीवनमा उनले भनेको कुरा मेल खायो कि खाएन तपाई आफै चेक गर्नुहोस्।




आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
२. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।
७. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।
८. तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।
९. तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
१०. तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।





सोमबार
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।




मंगलबार
१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।






बुधबार
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।
७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।
८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।
१०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।
११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।
१२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।




बिहिबार
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।



शुक्रबार
१. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
२. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
७. तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
८. तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
१०. तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।
११. तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।
१२. तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।



शनिबार
१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
४. तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
६. तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।
७. तपाईंलाई संगीत र खेलमा रुची हुन्छ ।
८. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।
९. तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।
१०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।
११. तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।