यहाँ थिच्नुहोस

Sunday, 25 June 2017

सिमाको बिरोध गर्नु जायज छ तर उ भित्रको नारिलाइ बदनाम नगरौ हाम्री आमा पनि नारी हुन नारी छन र त संसार छ

दार्जिलिङको बिरोधमा हामी सभ्य भएर बोलौ उनिहरुले जे गरे हामिले पनि त्यही गर्नेहो भने के नै फरक रहन्छ र उनिहरु र हामीहरु बिच हामी इज्जतदार र ठूलो पहिचान बोकेका नेपाली हौ इज्जत का साथ सम्झाइ बुझाइ गरौ दार्जिलिङ का सबै मान्छे सिमा जस्तै छैनन् बोराको एक दुई वटा आलु कुहियो भन्दैम सबै आलु फाल्नु हुदैन धोती भनेर गाली नगरौ धोती कछाड त हामी पनि लगाउछौ मधेसी पनि नेपाली हुन हामी बिरोध अंगिकृत को गरौ हामी यो नभुलौ कि हामी नेपाली हौ जो इज्जत चाहन्छ र अरुको इज्जत गर्छ पनि हामिले आफ्नो पहिचान जोगाउन पर्छ तर हाम्रो सभ्यता यो हैन जुन आजभोली सामाजिक जञ्जालमा देखिदैछ धेरै ले त पहिचान जोगाउन भन्दापनी आफै फेमस हुन एस्तो गर्दैछन आफ्नो पहिचान जोगाउन बिरोध गर्न पर्छ तर सभ्य भएर इज्जतदार भएर सिमाको बिरोध गरौ तर एउटि नारी को अपमान नगरौं सिमाको बिरोध गरौ तर एउटि नारिको इज्जत न उछालौ हामी सबै नारिकै कोख बाट जन्मिएका हौ हाम्रो पहिचान खोस्नेको बिरोध गरौ एउटि नारिको बद्नाम नगरौ सिमाको बिरोधमा कतै नारित्व को त बद्नाम भएको छैन कतै मातृत्वको बदनाम त भएको छैन एकपटक सोचौं त सिमाको बिरोध गर्नु जायज छ तर उ भित्रको नारिलाइ बदनाम नगरौ हाम्री आमा पनि नारी हुन नारी छन र त संसार छ
नारी
नेपाली नारी आवाज
जय नारी
जय नेपाल
जय गोर्खाली
@Nepali Page

Friday, 16 June 2017

आजको राशिफल,वि.सं. २०७४ आषाढ ०३ गते शनिबार, २०१७ जुन १७ तारिख

आजको राशिफल,वि.सं. २०७४ आषाढ ०३ गते शनिबार, २०१७ जुन १७ तारिख
==================================================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनसक्छ । कामप्रति लगनशीलता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिश्रम गरेमा भाग्यले साथ दिने समय छ । आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । नजानेको वा नचाहेको कार्यक्षेत्रमा खट्नु पर्ने समय छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्न सक्छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन दिनु हुँदैन, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । नचिताएको क्षेत्रमा अचानक धन नाशको सङ्केत छ । तर अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ ।  आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम पुनः बन्न थाल्नेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मध्याह्नसम्म दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ, संयम र सचेत रहनुपर्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिनको सुरुवातमा ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि दिउँसो मानसिक चिन्ता र छटपटीले व्याकुल हुन सकिन्छ । प्रतिस्पर्धी र कुरा काट्नेले तपाईंका विरुद्धमा प्रचारबाजी गर्नसक्छन् । घरमा आमा वा दिदीको स्वास्थ्य प्रतिकूल बन्नसक्छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चौथो घरमा चन्द्रमा भए दिन लाभदायक रहनेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ  ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक÷सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज नराम्रो दिन छैन, विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ, आजका लागि थाती राख्नु बेस हुनेछ । आर्थिक पक्ष सबल छैन, यद्यपि केही लाभमूलक काम बन्नेछन् । पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । नातागोताभित्रका सदस्यहरूको काम र समस्यामा रुमल्लिनु पर्नेछ । खानपानमा नियन्त्रण गर्नु राम्रो हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सर्वाधिकार(Copyright) © २००९ ' ज्योतिषसाथी ' - ज्योतिषसाथीको कार्यलय , इटहरी-१, सुनसरी,। नेपालमा सुरक्षित, लेखक/सम्पादक : कृष्णप्रसाद कोइराला l (सम्पर्क : ९८६२०३५४६६)

Sunday, 11 June 2017

चार्ली च्याप्लिनका १० भनाई जसले बदलिदिन सक्छ तपाइँको सोचाई

चार्ली च्याप्लिन विश्वका महान हास्यव्यंग्यकार मानिन्छन् । यिनले आफ्नो जिवनमा निकै ठूलो सफलता हात पारे तर उनको जिवनका सुरुवाती दिनहरु निकै कष्टप्रद थिए ।

तर आफुले जिवनमा जतिधेरै दुख झेल्नुपरेपनि उनले अरुलाई हँसाइ नै रहे । उनका केही भनाईहरु यस्ता मर्मस्पर्शी छन् जसले दुखमा नआत्तिन र धैर्य गर्न प्रेरणा दिन्छन् । साँच्ची उनका केही भनाइहरुले हाम्रो सोँचाइ नै बदलिदिन्छन् । हाम्रो सोँचाइ नै बदलिदिने चार्लीका १० भनाई यस्ता छन्:

ऐना मेरो सबैभन्दा असल साथी हो । किनकी जब म रुन्छ तब ऊ कहिल्यै पनि हाँस्दैन ।

यो दुनियामा कुनैपनि चिज स्थायी छैन, हाम्रो दुखपनि स्थायी होइन ।

म सधै झरीमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् ।

नहाँसीकन बिताएको दिन बर्बाद गरेको दिन हो ।

यदि तपाइँ मुस्कुराउनुभयो भने थाहा पाउनुहुन्छ की जिवन अझैपनि मूल्यवान छ ।

मेरो दुख कसैको हाँसोको कारक बन्न सक्छ, तर मेरो हाँसो कहिल्यैपनि कसैको दुखको कारक नबनोस् ।

केहीपनि नगर्ने तर कल्पना मात्र गर्नुको कुनै अर्थ छैन ।

मलाई लाग्छ सही समयमा गलत काम गर्नु जिवनका कैयौँ विडम्बना मध्ये एक हो ।

आवश्यक परेको बेला साथीलाई सहयोग गर्न सजिलो छ, तर उसलाई आफ्नो समय दिनु सदैव सम्भव नहुन सक्छ ।

यदि तपाइँले सधै तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुनेछैन ।

Tuesday, 6 June 2017

#कतार ले बार्ता मा बोलाय लगतै साउदी को यस्तो उदघोस “कुनै पनि बेला कतारमाथि आक्रमण हुनसक्ने”


काठमाडौं, २३ जेठ । साउदी अरबले कतार माथि कुनै पनि बेला आक्रमण हुन सक्ने बताएको छ । न्स्ट्च्यिुट फर गल्फ अफेयर्सका संस्स्थापक र निर्देशक प्राध्यापक अली अल–अहमदले कतार माथि कुनै पनि बेला हमला हुन सक्ने बताएका हुन् ।
‘कतारमाथि अब आक्रमण हुन्छ । कतारी सिमानानजिक साउदीले सैन्य गतिविधि चलाइरहेको सूचना मैले पाएको छु,’ अल–अहमदले सोमवार भने, ‘साउदीहरू युद्धको तयारी गर्दैछन् ।’

Like this page like this page

उनले सोचेभन्दा निकै अगावै कतारमाथि पूर्ण आक्रमण हुनसक्ने चेतावनी समेत दिएका छन् । ‘यमनमाथि बम आक्रमणको आवृत्ति हेर्नुस् । यमनका विद्रोहीहरूमाथि साउदी अरबले आक्रमण बन्द ग–यो वा घटायो भने कतारविरुद्ध आक्रमणको तयारी गरेको भनी बुझ्नुपर्छ,’ उनले भने, ‘ अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री रेक्स टिलरसनले साउदी राजपरिवारसँग निकट सम्बन्ध कायम राखेका छन् र उनीहरूले कतारमाथि साउदी आक्रमणलाई समर्थन गर्नेछन् ।’