यहाँ थिच्नुहोस

Friday, 7 July 2017

मध्य रातमा मेरो देश चिच्याएको देखें प्रकाश पौडेल


मध्य रातमा मेरो देश चिच्याएको देखें
लुट्न भनी देश द्रोही पिच्छाएको देखें

आफ्नैले नै लुट्दै रैछन मेरो देश नेपाललाइ
पराइले रमाइ रमाइ गिज्याएको देखें

नदिनाला देशको भुमी बेची सके सबै यिनले
भ्रष्टाचारि हरुले देश सिद्ध्याएको देखें

 जलस्रोतको दोस्रो धनी हाम्रो देश नेपाल
जनता प्यासमा पानी नपाइ मुर्छाएको देखें

मध्य रातमा मेरो देश चिच्याएको देखें
लुट्न भनी देश द्रोही पिच्छाएको देखें

छैन देशको माया इन्लाइ कुर्सी मात्र प्यारो लाग्ने
बेरोजगार देशमा युवा रित्तिएको देखे

जाती धर्म जुधाएर लुट्दै रैछन देश यहाँ
पराइले मौकामा जाल बिच्छाएको देखें

मध्य रातमा मेरो देश चिच्याएको देखें
लुट्न भनी देश द्रोही पिच्छाएको देखें

छोडी देउ बाच्न देउ भन्दै थियो मेरो देश
जनता देशको चीत्कार सुन्दा मिच्छाएको देखें

रोएको छ आज देश जनताले नै बेवास्ता गर्दा
आँसु भल बगाउदै देश चिच्याएको देखें

मध्य रातमा मेरो देश चिच्याएको देखें
लुट्न भनी देश द्रोही पिच्छाएको देखें

प्रकाश पौडेल सायद
बाणगंगा न पा 1 कपिलवस्तु