यहाँ थिच्नुहोस

Wednesday, 26 September 2018

म धेरै ठुलो त्रासमा छु कतै छोरि पो जन्मिने होकि यदि छोरि जन्मिएपार म जेल जानु पर्ने छ ।

धेरै ठुलो त्रासमा छु कतै छोरि पो जन्मिने होकि यदि छोरि जन्मिएपार जेल जानु पर्ने    

एउटा अविवाहित युवक हु एउटा सामान्य  परिवार मा जन्मिएको मान्छे मान्छे जन्मिन्छ रुन्छ अनि हाँस्न सिक्छ अनि रुने हाँस्ने चक्र समय अवस्था अनुसार चलिनै रहन्छ मान्छे ठुलो हुँदै जान्छ अनि आफुले देखे भोगेका सुनेका पढेका कुराहरु सिक्दै जान्छ अनि जवान हुन्छ देख्छ गाउँ घरमा मान्छेको बिहे हुन्छ अनि बच्चा हुन्छ आगन मा बच्चा खेलेको त्यो रमाइलो पल साच्चिकै मनमोहक हुन्छ अनि उस्लाइ यो कुराको अनुभुति हुन्छकि एकदिन उस्को पनि बिहे हुनेछ अनि सपना बुन्न सुरु गर्छ मेरि श्रीमति एस्ति हुनेछिन उस्ति हुनेछिन बिहेपछि हामि हाँसिखुसि बस्ने छौ बाबा आमा अनि सपरिवार सँग अनि एकदिन त्यो समय आउने उनि आमा बन्नेछिन अनि बाउ बन्नेछु घरमा एउटा नया सदस्यको आगमन हुनेछ मेरि छोरिको जन्म हुनेछ हो छोरिको हो मलाइ छोरि नै मन पर्छ मेरो घरमा नारि भनेको मेरि आमा मात्रै हो कोहि दिदि बहिनि छैन दिदि बहिनिको माया ममता कस्तो हुन्छ मलाइ थाछैन आफ्नो दिदि बहिनिले दाइ या भाइ कान्छा बाबु सानु भनेर बोलाउँदा कस्तो हुन्छ मलाइ थाहा छैन सायद तेसैले पनि होला चाहन्छु मेरो पहिलो सन्तान छोरिनै होस कल्पिन्छु त्यो पल एकदिन मेरि छोरिले मलाइ तोतेबोलिमा बाबा भनेर बोलाउने छिन अनि हर्षले गदगद हुनेछु घर नै उज्यालो हुनेछ रमाइलो माहोल हुनेछ मेरि छोरिक आगमन पछि, कोमल फुल जसरि हुर्काउने छु बढाउने छु अनि पढाउने छु छातिमै टासेर राख्नेछु मेरि छोरिलाइ एस्तै एस्तै परिकल्पना गर्छ तर त्यो कल्पना त्यो सपना घेरै समय टिक्दैन समाजमा भै रहेका बलात्कार हत्या का खबरले भित्रै बाट डराउँछ टुट्छ अनि सोच्छ आखिर किन केकालागि जन्माउने छोरि बलात्कार अनि हत्याको सिकार हुन कञ्चनपुरमा बलात्कार पछि हत्या भयो रे पोखरामा हत्या बलात्कार भयो रे जताततै देशैभरि हत्या बलात्कार मात्रै भैरहेको पुलिसले पाँच लाखमाकुरा मिलायो रे उता 18 लाखमा कुरा मिलायो रे पुलिस होकि केटि बेच्ने दलाल बलात्कार पछि हत्या गर्नेलाइ सजाए भएन अरे किनकि नेताको छोरो थियो मन्त्रीको छोरो थियो कुनै ठुलो पदमा भएको पुलिसको छोरा थियो या मेयरको को भतिजो थियो या फेरि यिनै मध्ये कसैको नजिकको या टाढाको आफन्त थियो त्यसैले सजाए भएन अरे बलात्कारि लुकाइयो अरे सबुत मेटाइयो अरे एकदिन तिमिहरुको छोरिको बलात्कार भयो भने के गर्छौ  यो नेपाल पुलिस प्रसासन लाइ मेरो प्रश्न बलात्कार हुन्छ हत्या हुन्छ तर दोषिले सजाए पाउदैन कुनै राजनितिक या कानुनि सक्ति लगाएर उस्लाइ लुकाइन्छ बचाइन्छ हो त्यसैले चाहन्छु कि बिहेपछि मेरि श्रीमतिको कोखबाट छोरि नजन्मियोस यि बलात्कारिको नजरबाट आफ्नि छोरिलाइ जोगाउन सक्ने छैन मानबरुपि दानद दैत्यहरुले एकदिन उस्को सिकार गर्नेछन अनि यो संसारबाट बिदा हुनिछे मलाइ सह्य हुने छैन नेपालको कानुनले बलाकारिलाइ लुकाउने सबुत मेटाउनेछ पैसामा कुरा मिलाउन मलाइ आग्रह गर्ने अनि रिसले चुर हुनेछु आफ्नै बसमा हुनेछैन मेरो दिमागले काम गर्न छोड्ने अनि जताततै मेरि छोरिको बलात्कार पछि हत्या भएको रक्ताम्मे अनि नाङ्गो लास मेरो दिमागमा घुम्ने चिच्याउने छु कराउने छु बौलाउने छु अनि सिरु पाते गोर्खे खुकुरि निकालेर ति दलाल पुलिस बलात्कारि को हत्या गरिदिने छु बारम्बार अनि हजारौँ पटक उनिहरुको सरिरमा प्रहार गर्नेछु उनि हरुको सिर काटेर माला बनाएर पहिरिने छु अनि मलाइ जेल सजाए हुनेछ हो त्यसैले त्रासमा छु मेरो छोरि जन्मियो भने मलाइ जेल सजाए हुनेछ हो त्यसैले चाहन्न कि मेरो छोरि जन्मियोस


  एउटा लाचार बाउ बन्नेछु आफ्नि छोरिको रक्षा गर्न सक्ने छैन आफ्नै नजरमा कहिल्यै उठ्न नसक्ने गरि गिर्ने छु सबै संसार मेरो नजरमा दोषि हुनेछ कसैको आस्वासन ले मलाइ छुने छैन मेरो नजरमा बलात्कारि नेपालको कानुन एउटै हुनेछ बलात्कारिले भन्दा पनि बढि नेपालको कानुनले मेरि छोरिको बलात्कार गर्ने अनि नेपालि कानुनको हत्या गरिदिने छु  अनि मलाइ जेल हुनेछ जेल भित्र पनि मलाइ मेरि छोरिको चिच्याहटले सताउने बाँच्न सक्ने छैन पनि यो संसार बाट बिदा भएर जानेछु हो त्यसैले चाहन्छु मेरो छोरि नजन्मियोस चाहे जिबनभर निसन्तान नै किन नरहुँ तर मलाइ नेपाल पुलिस बलात्कारिको लागि आहारा जन्माउनु छैन प्रकाश